राजनीति

उर्जामन्त्रीसमेत रहेका सांसद देवकोटा पदमुक्त

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : माओवादी केन्द्रको चुनाव चिन्हबाट विजयी भएका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्। 

गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धितालले शुक्रबारको बैठकमा सांसद देवकोटा पदमुक्त भएको सूचना दिएका थिए। कांग्रेस नेता एवं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई सांसद देवकोटाले विश्वासको मत दिएका थिए। उनको मतकै कारण पाण्डेको सरकार जोगिएको थियो। 

बिज्ञापन

मुख्यमन्त्री पाण्डेले देवकोटालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएको थियो। माओवादी केन्द्रले भने फ्लोर क्रस गरेको भन्दै कारबाही गर्ने बताएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारत भ्रमणबाट फर्किएलगत्तै संविधान विपरीत कार्य गर्ने देवकोटालाई कारबाही गर्ने बताएका थिए। माओवादीले देवकोटालाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयलाई बुझाएको थियो। गत प्रदेश निर्वाचनमा देवकोटा गोरखा २(क)बाट विजयी भएका थिए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।