घटना

धनगढीमा करेन्ट लागेर एक किशोरको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको धनगढीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

आज (शनिबार) बिहान धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीका १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुदा खड्कालाई करेन्ट लागेको बताए। उनका अनुसार खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।