खेलकुद

टी–२० विश्वकप २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने सात खेलाडी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टी–२० विश्वकप २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने सात खेलाडी

दक्षिण अफ्रिकालाई रोमाञ्चक फाइनलमा ७ रनले हराउँदै भारत दोस्रोपटक च्याम्पियन बनेसँगै नवौँ संस्करणको टी–२० विश्वकप सकिएको छ । अहिलेसम्म वेस्ट इन्डिज, इंग्ल्यान्ड र भारतले सर्वाधिक दुई–दुईपटक विश्वकप ट्रफी उचालेका छन् । पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले समान एकपटक उपाधि हात पारेका छन् ।

आइसिसीले पहिलोपटक विश्वकपमा २० टोली सहभागी गराएको थियो । यसपटकको विश्वकपमा ब्याट्सम्यानभन्दा बलर हाबी भए । बलरको उत्कृष्ट प्रदर्शनका कारण नै नवौँ विश्वकपमा कुनै पनि ब्याट्सम्यानले शतकीय इनिङ्स खेल्न सकेनन् । खेलमा टस जित्ने टोली नै प्रायः विजयी भए ।

बिज्ञापन

विश्वकपमा अफगानिस्तान र दक्षिण अफ्रिका ऐतिहासिक नतिजा निकाल्न सफल भए । अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा पुग्दा दक्षिण अफ्रिकाले ३२ वर्षपछि फाइनल यात्रा तय गरेको थियो । भारतका कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजाले टी– २० बाट सन्न्यास घोषणा गरे । विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएपछि अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले सन्न्यास घोषणा गरेका थिए । आइसिसीले विश्वकपको समाप्तिसँगै उत्कृष्ट प्रदर्शन गरेका सात खेलाडी सार्वजनिक गरेको छ । 

फजलहक फारुकी (अफगानिस्तान)
८ खेल, १७ विकेट, उत्कृष्ट प्रदर्शन ५/९

अफगानिस्तान पहिलोपटक सेमिफाइनल पुग्नुको पछाडि फारुकीको योगदान धेरै छ । विशेषतः उनले समूह र सुपर एटमा घातक बलिङ गरेका थिए । समूह चरणमा युगान्डाविरुद्ध करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेका फारुकीले ९ रन खर्चेर पाँच विकेट लिए । यसैगरी न्युजिल्यान्डलाई स्तब्ध बनाउँदा उनले १७ रन दिँदै चार विकेट लिए । समग्रमा उनले विश्वकपमा आठ खेलबाट १७ विकेट लिए । विश्वकपका उनी सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा रहे । पहिलो तीन खेलमै उनले १२ विकेट लिएका थिए । 

जसप्रीत बुमराह (भारत)
८ खेल, १५ विकेट, उत्कृष्ट प्रदर्शन ३/७

चोटका कारण जसप्रीतले गत संस्करणको विश्वकप गुमाएका थिए । यसपटक उनी फर्कंदा भारतका लागि म्याच विनर नै साबित भए । भारतले सन् २००७ पछि विश्वकप उपाधि उचाल्दा उनले १५ विकेट लिए । विशेषतः उनले सेमिफाइनल र फाइनलमा विपक्षी ब्याट्सम्यानलाई चल्नै दिएनन् । दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा उनले डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गरी खेल फर्काएका थिए । ३० वर्षीय जसप्रीत प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिए । न्युयोर्कमा पाकिस्तानविरुद्ध उनले १४ रन खर्चेर तीन विकेट लिँदै भारतलाई जित दिलाए । उनले अफगानिस्तानविरुद्ध तीन विकेट हात पार्न ७ रन 
दिएका थिए । 

एनरिक नोट्जी (दक्षिण अफ्रिका)
९ खेल, १५ विकेट, उत्कृष्ट प्रदर्शन ४/७

दायाँहाते फास्ट बलर एनरिकले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गरेका छन् । ३० वर्षीय नोट्जी नवौँ विश्वकपमा मजाले छाए । उनले वेस्ट इन्डिज र अमेरिकाको पिचमा एकनासको प्रदर्शन गरे । दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुग्नुको पछाडि उनको योगदान धेरै रह्यो । उत्कृष्ट फर्ममा रहेका नोट्जीले भारतविरुद्धको फाइनलमा महŒवपूर्ण दुई विकेट लिए । श्रीलंकाविरुद्ध उनले सात रन खर्चेर चार विकेट हात पारे । यद्यपि, समूह चरणमा उनले नेपालविरुद्ध रोमाञ्चक १ रनको जित निकाल्दा आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेनन् । उनले सेमिफाइनलमा अफगानिस्तानविरुद्ध महत्वपूर्ण दुई विकेट लिएका थिए । 

रोहित शर्मा (भारत)
८ खेल, २५७ रन, उत्कृष्ट प्रदर्शन ९२ रन

३७ वर्षीय ओपनर रोहित शर्मा भारतलाई दोस्रोपटक विश्वकप उपाधि जिताउने एक्ला खेलाडी हुन् । विश्वकपको पहिलो संस्करण भारतले जित्दा उनले त्यति धेरै मौका पाएका थिएनन् । यसपटक आफ्नै कप्तानीमा उनले भारतलाई टी–२० विश्वकप दिलाए । विश्वकप ट्रफी चुम्दै उनले अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्न्यास घोषणा गरे । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा भारतका लागि सर्वाधिक रन बनाउने उनी नै हुन् । उनले सुपर ऐटमा अस्ट्रेलियाविरुद्ध ४१ बलमा ९२ रन बनाएका थिए । रोहितले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि ५७ रन बनाए । 

ट्रेभिस हेड (अस्ट्रेलिया)
७ खेल, २५५ रन, उत्कृष्ट प्रदर्शन ७६ रन

गत वर्ष अस्ट्रेलियाले भारतलाई हराएर एकदिवसीय विश्वकप जितेको थियो । एकदिवसीय विश्वकपमा ट्रेभिसले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । यसपटक टी–२० विश्वकपमा उनले अस्ट्रेलियाका लागि आक्रामक सुरुवात दिलाए । तर, सुपर ऐटको निर्णायक खेलमा भारतसँग २४ रनले पराजित भएपछि अस्ट्रेलियाको विश्वकप उपाधि यात्रा रोकियो । नवौँ विश्वकपमा बलर हाबी हुँदा ट्रेभिसले विपक्षीलाई संकटमा राखेका थिए । ३० वर्षीय ओपनर ट्रेभिसले प्रतियोगितामा २५५ रन जोडे । समग्रमा विश्वकपभरि उच्च रन बनाउने तेस्रा खेलाडी बने । उनले दुई अर्धशतक बनाए ।

रहमानुल्लाह गुर्वाज (अफगानिस्तान)
८ खेल, २८१ रन, उत्कृष्ट प्रदर्शन ८०

नवौँ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेको राष्ट्र अफगानिस्तान हो । अफगानिस्तानले सनसनी मच्चाउँदै न्युजिल्यान्ड, अस्ट्रेलिया तथा बंगलादेशलाई हरायो । यस सफलतामा ओपनर गुर्वाजले महत्वपूर्ण योगदान गरेका थिए । २२ वर्षीय ओपनर गुर्वाजले आठ खेलमा २८१ रन बटुले । उनले सर्वाधिक रन बनाउने सूचीमा भारत, वेस्ट इन्डिज, इंग्ल्यान्ड र अस्ट्रेलियाका ब्याट्सम्यानलाई पछि परे ।

रहमानुल्लाह गुर्वाज (अफगानिस्तान)
८ खेल, २८१ रन, उत्कृष्ट प्रदर्शन ८०

नवौँ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेको राष्ट्र अफगानिस्तान हो । अफगानिस्तानले सनसनी मच्चाउँदै न्युजिल्यान्ड, अस्ट्रेलिया तथा बंगलादेशलाई हरायो । यस सफलतामा ओपनर गुर्वाजले महत्वपूर्ण योगदान गरेका थिए । २२ वर्षीय ओपनर गुर्वाजले आठ खेलमा २८१ रन बटुले । उनले सर्वाधिक रन बनाउने सूचीमा भारत, वेस्ट इन्डिज, इंग्ल्यान्ड र अस्ट्रेलियाका ब्याट्सम्यानलाई पछि परे ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।