घरनजिक पुरुष मृत फेला

रुकुमपश्चिम, असार १६ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ छिङमा एक पुरुष मृत भेटिएका छन् । छिङको माथिगाउँ निवासी ३० वर्षीय टोपजंग रोकाय मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार शनिबार बेलुका घरनजिकको खोल्सामा रोकायको शव फेला परेको हो ।
प्रहरीका अनुसार रोकायले मादक पदार्थ सेवन गरी लडेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । रोकायको शवलाई पोष्टमार्टमका लागि आइतबार बिहान जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।

रोकायको शरीरमा बाहिरी चोट केही नदेखिएकाले पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने डिएसपी पोखरेलले जानकारी दिनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
