घटना

घरनजिक पुरुष मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुकुमपश्चिम, असार १६ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ छिङमा एक पुरुष मृत भेटिएका छन् । छिङको माथिगाउँ निवासी ३० वर्षीय टोपजंग रोकाय मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार शनिबार बेलुका घरनजिकको खोल्सामा रोकायको शव फेला परेको हो । 

लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार रोकायले मादक पदार्थ सेवन गरी लडेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । रोकायको शवलाई पोष्टमार्टमका लागि आइतबार बिहान जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । 

लोक कल्याणकारी विज्ञापन

रोकायको शरीरमा बाहिरी चोट केही नदेखिएकाले पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने डिएसपी पोखरेलले जानकारी दिनुभयो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन