अर्थ

सत्ती भन्सारद्वारा नौ करोड राजस्व सङ्कलन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, असार १६ गते । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । 

अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुस्किल हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजस्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताउनुभयो । गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा सात करोड ५० लाख ४० हजार मात्र राजस्व सङ्कलन भएको प्रमुख सापकोटाले बताउनुभयो ।

बिज्ञापन

“यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौँ”, उहाँले भन्नुभयो । सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कबापत ६४ हजार, बेरुजुबाट एक लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तः शुल्क आयातमा २३ लाख ११ हजार, भन्सार महसुल आयातमा पाँच करोड एक लाख, कृषि सुधार शुल्कमा एक लाख आठ हजार, भन्सारसम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मूल्य अभिवृद्धि कर आयातमा चार करोड ४६ लाख ९७ हजार तथा हरित करबाट  चार हजार राजस्व सङ्कलनभएको प्रमुख सापकोटाले बताउनुभयो ।

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजस्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ । रासस

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।