सुदूरपश्चिम प्रदेश

कर्णाली चिसापानीसहित १६ पुलको मर्मत सुधार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: कैलालीको चिसापानी कर्णाली पुलसहित १६ वटा पुलको मर्मत सुधारको काम गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको महाकाली पुल योजना कार्यालयले महेन्द्र राजमार्ग र महाकाली राजमार्गका १६ वटा पुलको मर्मत सुधारको काम गरेको हो।

कैलालीको चिसापानी पुलमा आगोले क्षति गरेको थियो। लाइटर बोकेको ट्रकमा आगो लागेकाले पुलमासमेत क्षति भएको हो। आगोले पुलमा क्षति गरेपछि महाकाली पुल योजना कार्यालयले मर्मत गरेको हो। कर्णाली चिसापानी पुलको आरसीसीमा भएको क्षति, पुलका तारहरूमा भएको क्षतिको मर्मत गरिएको छ। कर्णाली चिसापानी पुलमा सडक सुरक्षाका लागि स्टिकरसमेत टाँसिएको छ।

बिज्ञापन

कैलालीको कर्णाली चिसापानी पुलबाट महेन्द्रनगरसम्म १४ वटा पुलहरू रहेका छन्। महेन्द्र राजमार्गको कैलाली र कञ्चनपुर क्षेत्रका १४ वटा पुलको मर्मत सम्भार गरिएको छ। महाकाली राजमार्गको अत्तरियादेखि धनगढीसम्मका दुई वटा पुलको समेत मर्मत सुधारको काम गरिएको छ। महाकाली पुल योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले महेन्द्र राजमार्ग र महाकाली राजमार्गका पुलको मर्मत सुधार, सडक सुरक्षाका लागि स्टिकर र नदी नियन्त्रणको काम गरिएको बताए। उनले भने, ‘पुलको मर्मत गरेका छौ। १६ वटा पुल मर्मत गरेका हौ। चिसापानी पुलमा पनि मर्मत गरेका छौ। रातिको समयमा झिलिमिली हुन्छ। कान्द्र नदीमा नदी नियन्त्रणको काम पनि भएको छ।’

महाकाली पुल योजना कार्यालयले सुदूरपश्चिमका एक सय मिटर माथिका पुलहरू मर्मत, सुधारको काम गर्ने भएको छ। सुदूरपश्चिमको पुलको मर्मत सुधारको जिम्मा महाकाली पुल योजना कार्यालयलाई दिइएको छ। चालु आर्थिक वर्षमा १६ करोड ९३ लाखको लागतमा १६ वटा पुलहरू मर्मत सुधार र रङ्गरोगनको काम गरिएको हो। महाकाली पुल योजना कार्यालय, कञ्चनपुरका सूचना अधिकारी कपिल प्रसाद पन्तले पुलहरू मर्मतको काम अन्तिम चरणमा रहेको बताए। उनले भने, ‘महेन्द्र राजमार्गको चिसापानीदेखि गड्डाचौकीसम्म १४ वटा पुल हो। महाकाली राजमार्गको अत्तरियादेखि धनगढीसम्म मनहरा र मोहना गरेर २ वटा पुल हुन्। एकै ठेक्कामा सबै पुल मर्मत गरेका हौ। यो आर्थिक वर्षको काम हो। काम सकिएको छ। केही काम मात्र बाँकी छ। मर्मतको काम बाँकी रहेको हो।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।