सुदूरपश्चिम प्रदेश

लम्कीचुहाका १० वटै वडा अध्यरूक्षहले गरे बैठक बहिष्कार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्की । लम्कीचुहाका १० वटै वडा अध्यक्षहरूले बजेट सम्बन्धीको बैठक बहिष्कार गरेका छन्।

ढिलो गरि आगामी असार २५ गते बजेट ल्याउने तयारी गरेको लम्कीचुहा नगरपालिकाले बजेट बारे छलफल गर्न बिहीवार ४ बजे कार्यपालिका बैठक बोलाइएको को थियो। तर बजेटमा कुरा नमिल्दा वडा अध्यक्षले बैठक बहिस्कार गरेका छन्।

बिज्ञापन

एक जना अध्यक्षले भने वडाले पाउनु पर्ने बजेटमा मेयरले मनोमानी गर्नु भयो, मेयरलाई उप मेयरले पनि साथ दिनु भयो अनि बैठक बहिस्कार गर्यौ। उनले थपे वडामा हामीले धेरै काम गर्नु पर्छ, सामान्य समस्या वडा अध्यक्षले समाधान गर्नु पर्छ त्यसको लागि वडाले चलाउन पाउने गरि १ करोड बजेट मागेका हौं तर मेयरले चालीस लाख मात्र वडा लाई दिने भन्नू भयो यो हामी लाई मान्य छैन।

अर्का अध्यक्षले भने सधैं यस्तै हामी पेलिनु पर्ने पछिल्ला दुई बजेट त जे भए भए यसपाली सम्मान जनक बजेट आएन भने हामी बजेट पास गर्न पनि दिँदैनौँ।  गत जेष्ठ २१ गते नगरपालिकाले नीति तथा कार्यक्रम पास गरि सकेको छ। असार १० गते भित्र बजेट लाउनु पर्ने प्रावधान भए पनि ढिलो गरि असार २५ गते बजेट मात्रै लम्कीले बजेट ल्याउन लागेको हो। आउन लागेको बजेटमा मनोमानी र छेड्खानी भए  बजेट कुनै हालतमा पास गर्न दिदैनौ एक अर्का अध्यक्षले भने।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।