सुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा तीन किशोरीको एकै चिहान, प्रतिनिधि सभामा एनपीको ‘ब्रिफिङ’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य एनपी साउदले गृहजिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन्।

तिनिधिसभाको मङ्गलवार बसेको बैठकको सुरुवातमै सांसद साउदले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढीले पुगाएको विपदलाई छोड्न नसकिने बताए। कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुवैको क्षति भएको उनले बताए। कञ्चनपुरमा भीषण बाढी रेकर्डको रूपमा रहिआएको उनले बताएका हुन्।

बिज्ञापन

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ रातोखाली खोलामा तीन किशोरी लक्ष्मी बोगटी सिर्जना बोगटी र आरती बोगटीको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिना छोरा सोनु धानुकको पनि मृत्यु भएको भएको छ। त्यस्तै बेलडाँडी गाउँपालिका–३ बैबाहका २३ वर्षीय डम्बर चौधरी बेपत्ता भएको उनले बताए।

दोधारा–चाँदनी नगरपालिकामा भर्खरै एउटा महिलाको शव फेला परेको खबर आएको छ। तर पहिचान भइनसकेको सांसद साउदले प्रतिनिधि सभामा जानकारी समेत गराएका छन्। पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँमा रहेको रातोखाली खोलामा १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भएका थिए। तर तीनै किशोरी मृत अवस्थामा फेला परेका थिए। उनीसँगै गएकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छन्।

उनीहरुलाई खाल्टोमा डुब्दै गरेको देखेका एकजना युवकले अञ्जलीको कपाल तानेर बाहिर निकालेका थिए। उनै युवकले घटनाबारे समेत जानकारी गराएका थिए। मृतक तीनै किशोरी स्थानीय गौरीशंकर माविमा अध्ययनरत थिए। उनीहरु सबै आफन्त समेत हुन्। ३ किशोरीको मृत्युपछि यतिबेला वडा शोकमा डुबेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।