राष्ट्रिय समाचार

बुद्ध एयरको जहाज रनवेमा चिप्लियो, सबैजना सकुशल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ । विमानस्थलका अनुसार जहाजका चक्काले माटो छोएको छ ।

लोक कल्याणकारी विज्ञापन

रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको थियो ।

लोक कल्याणकारी विज्ञापन

विमानस्थल स्रोतले विमानस्थलमा राति बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ भएर जहाजलाई तानेर एराइभल तर्फ ल्याउने पहल भइरहेको छ ।

बिज्ञापन

काठमाडौंबाट साढे ९ बजे उडान भरेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए । उनका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निकालिएको थियो । उनीहरू आफ्नो गन्तव्यमा गइसकेको भट्टले बताए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन