प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बिज्ञापन

बैठकले प्रचण्डको पक्षमा विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डले जानकारी दिए ।
एकीकृत समाजवादीले अब बन्ने नयाँ गठबन्धनलाई समर्थन नगर्ने निर्णय पनि गरेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
