जलवायु

जापानमा भारी वर्षा, चार हजारभन्दा बढीलाई सुरक्षितस्थलमा स्थानान्तरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टोकियो : भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तिमा तीन जना बेपत्ता भएको र हजारौं स्थानीयलाई उक्त स्थानबाट सुरक्षितस्थलमा स्थानान्तरण गर्नुपरेको छ। 

होन्शुको यामागाता र अकिता प्रान्तका स्थानीय सरकारहरूले दुई लाखभन्दा बढी मानिसहरूलाई उक्त ठाउँ खाली गर्न सल्लाह दिएको अग्नि तथा विपद् व्यवस्थापन समितिले जनाएको छ। 

बिज्ञापन

तीमध्ये कम्तीमा चार हजारलाई आश्रयस्थलमा उद्धार गरिएको सार्वजनिक प्रसारणकर्ता एनएचकेले जनाएको छ। यामागाताको दुईवटा नदी र अकितामा एउटा नदीमा आएको बाढीले कटान निम्त्याएको एनएचकेले प्रसारण गरेको फुटेजमा देखाइएको छ।  

‘बेपत्ता व्यक्तिलाई खोज्ने अभियानमा रहेका दुई प्रहरी अधिकारीसहित तीन जना बेपत्ता छन्,’ एक स्थानीय अधिकारीले एएफपीलाई जानकारी गराए। जापानको मौसम पूर्वानुमान निकायले यस हप्ता यामागाता प्रान्तको साक्ता र तुजामा भारी वर्षाको अनुमान गर्दै त्यस स्थानका लागि उच्च आपतकालीन चेतावनी जारी गरेको छ। 

जापान मौसम विज्ञान विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा सम्भावित भूस्खलन र बाढीबाट सतर्क रहन नागरिकलाई आह्वान गरेको छ। जापानले हालका वर्षहरूमा देशका धेरै भागमा अनपेक्षित भारी वर्षाको सामना गरेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।