ओली सरकारमा सहभागी हुन रञ्जिताले पठाइन् राज्यमन्त्रीको नाम
लोक कल्याणकारी विज्ञापन

धनगढीः प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छिन्।
उनले शुक्रवार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन्। ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने या नबनाउने भने निश्चित भइसकेको छैन। प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
