अर्थ

सुनको मूल्यले बनायाे कीर्तिमान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्थानीय बजारमा शुक्रबार सुनको मूल्यले पुनः रेकर्ड बनाएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला करिब डेढ लाख रूपैयाँ पुगेको छ। लगातार रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। 

यसअघि गत साउन २ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

बिज्ञापन

उक्त दिन सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा भने सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। 

शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।