तीन महिनादेखि बेपत्ता युवती गुफामा सर्पझैं भेटिइन

भारतको रानीडिहस्थित गुप्तधाम गुफामा एक युवती सर्पझैं अवस्थामा फेला परेकी छन् । तीन महिनादेखि बेपत्ता भएकी उनी सीमावर्ती झारखण्डको करिवडीह गाउँकी हुन् ।
युवतीको यस्तो व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कसैले यसलाई ‘अन्धविश्वास’ त कसैले ‘मानसिक रोग’को परिणाम भनेका छन् । ती युवती करिब तीन महिनाअघि गुप्ताधाम पुगेकी गाउँलेले बताएका छन् ।

उनले त्यहाँ महाशिवरात्रिमा आयोजना हुने मेलामा अखण्ड कीर्तन गर्ने इच्छासमेत व्यक्त गरेकी थिइन् । घना जंगल र सुनसान भएकाले गाउँलेले उनको प्रस्ताव अस्वीकार गरेका थिए । त्यसयता उनी बेपत्ता थिइन् ।
महाशिवरात्रिपछि गुफातिर कोही पनि जाँदैनन्, त्यसैले उनी’bout पत्ता लागेन । परिवारका सदस्यले उनको निरन्तर खोजी गरिरहेका थिए । घटनाको भिडियो भाइरल हुनेबित्तिकै ’roundका मानिस गुफातर्फ पुग्न थालेका कारण भीड जम्मा भएको थियो । युवतीलाई उनको परिवारले घर लिएर गएका बताइएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
