अवर्गीकृत

वृद्धा हत्या आरोपी सार्वजनिक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिन्धुपाल्चोक, साउन २३ गते । बाह्रबिसे नगरपालिका–७ खनियावासकी ७१ वर्षीया वृद्धा रत्नकुमारी थापाको हत्या आरोपीलाई जिल्ला प्रहरी कार्यालय चौताराले सार्वजनिक गरेको छ ।

यही साउन १८ गते वृद्धाको हत्या गरी फरार रहेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको सोही स्थानमा ३६ वर्षीय ‘फुने’ भनिने सन्जिव देउजालाई जिल्ला प्रहरी कार्यालय चौताराले मङ्गलबार सार्वजनिक गरेको हो ।

बिज्ञापन

थापाको साथबाट १२ हजार वृद्धाभत्ता, मृतककी छोरी स्वस्थानी बस्नेतले सापटी फिर्ता गरेको ५० हजार, सुनको बुलाकी, आधा तोलाको सुनको रिङ लुटपाट गरी हत्या गरेको प्रहरीसमक्ष आरोपी देउजाले स्वीकार गरेको प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभएको छ ।

देउजालाई यही साउन २१ गते प्रहरीले काठमाडौँको गोंगवुबाट पक्राउ गरेको थियो । थापा जस्तापताले छाएको खनियावासमा कच्ची घरमा एक्लै बस्दै आउनुभएको थियो । मृतक थापाका छोरा वैदेशिक रोजगारमा छन् भने बुहारी र नातीनातिना काठमाडौँ बस्दै आएका छन् ।

रत्नकुमारीसँग पैसा, सुन, गरगहना भएको थाहा पाएपछि सुन र पैसा लुटने क्रममा हत्या समेत गरेको प्रहरी समक्ष अभियुक्त देउजाले स्वीकार गरेका छन् । अभियुक्त देउजा र रत्नकुमारी छिमेकी हुन् । उनीहरुको घरको दूरी पाँच मिनेटको फरकमा रहेको छ ।

घरबाट बाहिर निस्केको मौका छोपि घाँटी थिचेर हत्या गरी दुवै हात बाँधेर घरभित्र भुँईमा लडाएर अभियुक्त बाह्रबिसे बजार हुँदै काठमाडौँ भागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका डिएसपी भट्टराईले बताउनुभएको छ ।

हत्यापछि लुटेर लगेको सुन, पैसा अभियुक्तले विभिन्न व्यक्तिलाई दिएको प्रहरी बयानमा बताएका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतले मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरको दफा १७७ र चोरी डाँकासम्बन्धी कसुरको दफा २४४ बमोजिम म्याद थपेर अनुसन्धान भइरहेको र निजलाई कारागारमा थुनिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।