अवर्गीकृत

बेपत्ता बालक मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नवलपुर, साउन २३ गते । नवलपुरको कावासोती ४ हसौरामा मङ्गलबारदेखि हराइरहेका ३० महिने बालक खोला किनारमा मृत अवस्थामा फेला परेका छन् ।

कावासोती ४ हसौरा निवासी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाती सुवास ढुंगाना बुधबार बिहान ९ः१५ बजेतिर कावासोती वडा नम्बर ४ हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

बिज्ञापन

बालक हिजो बिहान हसौरा नजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासी बेपत्ता भएका थिए । उनको खोलामा बगेको आशङ्कामा प्रहरी र स्थानीयले खोजी कार्य तीव्र बारेका थिए । घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।