घटना

झुण्डिएको अवस्थामा बालकको शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

गोदावरी (कैलाली), साउन २९ गते । कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–४ बसन्तपुरका १० वर्षीय बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बालकको शव घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताउनुभयो । दश वर्षीय अबोध बालक झुण्डिएको अवस्थामा शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

बिज्ञापन

मृत बालकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।

कैलालीको गोदावरीमै सर्पले डस्दा अर्को एक पाँच वर्षीय बालकको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–१०, खमौराका अखिल मालीको सोमबार साँझ मृत्यु भएको हो । सर्पले डस्दा घाइते भएका अखिल मालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक बालक अत्तरियाको खप्तड विद्या निकेतमा यूकेजीमा अध्ययनरत थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।