अछाममा ८ जना जुवाडे पक्राउ
लोक कल्याणकारी विज्ञापन

कमलबजार–४ का ३५ वर्षीय पदम थापा, कमलबजार–२ का ३७ वर्षीय खडक विष्ट, कमलबजार–८ का ४५ वर्षीय मनबहादुर चलाउने, वडा नम्बर १ का ४३ वर्षीय नरेन्द्र ढकाल, तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय प्रेम नेपाली, ३० वर्षीय विमल विक, पञ्चदेवल विनायक नगरपालिका–५ का २४ वर्षीय जगतबहादुर शाही र बाजुराको बुढीगंगा नगरपालिका–६ का ४६ वर्षीय शेरबहादुर विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। ५१ हजार ९७५ नगद, ९ थान मोबाइल र २ गड्डी ताससहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले बताए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
