अवर्गीकृत

वर्षाका कारण कैलालीका बस्ती डुबानमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीमा भारी वर्षाका कारण  बस्ती डुबानमा परेको छ । वर्षाका कारण कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन । वडा नम्बर ५ स्थित मनिकापुरमा ३६ घर, वडा नम्बर ७ स्थित छटकपुर बसन्तामा २५ घर र वडा नम्बर ८ स्थित भंगहामा ११ घर डुबानमा परेको छन । 

लोक कल्याणकारी विज्ञापन

डुबान भएको गाउँमा उद्धारका लागि सुरक्षाकर्मी, रेडक्रसका प्रतिनिधि, जनप्रतिनिधि लगायतका व्यक्ति खटेका विपत् व्यवस्थापन शाखाका प्रमुख भुवन बखरियाले बताए। यस्तै, कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिकाको विभिन्न क्षेत्र डुबानमा परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तिपुर, गौरीगंगा नगरपालिका–७ र कैलारीमा डुबान भएको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाका नरेन्द्र बोहराले जानकारी दिए । 

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन