अवर्गीकृत

हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

 गोरखा । २२ वर्षीया महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका महमद अफजल मिया र उनका बुवा महमद अहमद मिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

लोक कल्याणकारी विज्ञापन

उनीहरुले दुई दिनदेखि कोठामा बन्धक बनाएर केही पनि खान नदिइ राखेका थिए। ‘कोठाभित्र खाबोमा ती महिलालाई बाँधेर मार्ने उदेश्य सहित लौरी, पेटी र चक्कु समेतले प्रहार गरेको भन्ने छ ।घरभित्र थुनेर गएको अवस्थामा भाग्न सफल भएपछि ती महिलाले आफ्ना श्रीमान र ससुराविरुद्ध जाहेरी दिएकी थिइन् ।

लोक कल्याणकारी विज्ञापन

सोही जाहेरीको आधारमा उनीहरुलाई आइतवार पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।पक्राउ परेकाहरु विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन