सुर्खेतको बीरेन्द्रनगर, छिन्छु, पोखराभञ्ज्याङमा भव्य मुक्ति पर्व दिवस सत्संग सम्पन्न

सुर्खेत (बीरेन्द्रनगर), १ भाद्र । सुर्खेतको बीरेन्द्रनगरमा भव्य मुक्ति दिवस सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलको अध्यक्षतामा आयोजित मुक्ति पर्व दिवसमा सम्पन्न भएको छ । उहाँले मिशनको इतिहासमथि प्रकाश पार्दै भन्नुभयो कि सन्त निरंकारीे मिशनको आरम्भ पाकिस्तानको पेशावरबाट सन् १९२९ मा सत्गुरु बाबा बुटा सिंह जीबाट भएको थियो । बाबा बूटा सिंहले जीले महात्मा कहान सिंह जीबाट यो ज्ञान लिनु भएको थियो । जुन ज्ञान भगवान शंकरबाट माता पर्वतीले प्राप्त गर्नुभयो, गुरु वशिष्टबाट भगवान रामले प्राप्त गर्नु भयो, गुरु सन्दिपिनीबाट भगवान श्रीकृष्णले प्राप्त भयो । त्यस्तै राजा जनकले ऋषि अष्टवक्रबाट, भगवान श्रीकृष्णले अर्जुनलाई महाभारतको युद्धको बीचमा दिने कृपा गर्नुभयो । आज हामीले पनि त्यही ज्ञान सत्गुरुबाट पाएका छौ, यो कुनै नौलो कुरा होइन । हामीले कुनै छुट्टै ज्ञान लिएका छैनौ, जो सत्य सनातन ईश्वरको ज्ञान लोप भइरहेको अवस्थामा, संसारमा कर्म–काण्ड हावी भइरहेको अवस्थामा मानव प्राणीको कल्याणार्थ सत्गुरुद्वारा प्रदान गरिएको हो यो ज्ञान किनभने ब्रम्हज्ञान बिना आत्माको मुक्ति सम्भव छैन । भगवान श्रीकृष्णले अर्जुनलाई उपदेश दिदै भन्नुभयो कि जब–जब धर्मको ग्लानी, पापको वृद्धि हुने छ तब–तब म साकार रुपमा प्रकट भएर यो ब्रम्हज्ञान दिएर मानव मात्रलाई आत्माको कल्याण र दानविय प्रवृत्तिलाई समाप्त गर्ने छु उहाँले भन्नुभयो । यसरी नै समय–समयमा ऋषि–महऋषिहरुको यस पृथ्वीमा अवतरण भएर र उनीहरुले मानवको कल्याण गर्दै आएर त्यसै सिलसिलामा बाबा बूटा सिंह जीले यो ब्रम्हज्ञान प्राप्त गर्नुभयो । ब्रम्हज्ञान प्राप्त गरिसकेपछि हामी कहाँबाट आएका हौ, कहाँ जाने हौ ? हाम्रो लक्ष्य के हो ? भनेर उनले हरेक बाटोमा हिड्ने बटुवालाई प्रश्न गर्नुभयो । पछि बाटोमा हिड्ने मान्छेहरुको मनमा यो मान्छे कस्तो हो ? सबैलाई यहि प्रश्न सोधि रहेको छ कि तिमी कहाँबाट आएका हौ र कहाँ जाने छौ ? कतै यो पागल त भएन भनेर उल्टै उनलाई पागलको संज्ञा पनि दिन थाले । यो भाव अरुले नबुझ्नुको मुख्य कारण उनीहरुमा ज्ञानको प्रकाश भएन । जब बिस्तारै उहाँले १५÷१६ जना मानिसहरुलाई यो ज्ञान दिएर एकत्रित गर्न सफल हुनुभयो । त्यस्तै सहनशाह बाबा अवतार सिंह जी पनि पहिले गुरद्वारामा गएर रबलाई मान्ने गर्नुहुन्थ्यो पछि बाबा बुटा सिंह जीसंग भेट भयो, उनको शरणमा आउनुभयो तब उनले यो ज्ञान प्राप्त गर्नुभयो । सहनशाह बाबा रेलवेमा कुलीको काम गर्नुहुन्थ्यो, उनले यात्रीहरुको समान उठाएर सम्बन्धित ठाउँमा पु¥याउने काम गर्नु हुन्थ्यो । यसरी कुलीको काम गर्ने मान्छे पछि सत्गुरु बाबा बूटा सिंह जीका अनन्य भक्त हुनुभयो ।

सन् १९४३ मा आफ्ना अनन्य भक्त सहनशाह जीलाई गुरुगद्दीमा राखेर आफू शिष्य बनेर रहनु भयो । बाबा बूटा सिंहले जीले पछि सहनशाह जीलाई हारपट्टा हालेर सत्गुरु रुप मान्नु भयो र आफू उनको भक्त हुनुभयो । सन् १९४३ देखि १९६२ सम्म सत्गुरु रुपमा मानव कल्याणको लागि देश–विदेशमा यात्रा गर्नुभयो । १९६२ पछि बाबा अवतार सिंह जीले बाबा गुरबचन सिंह जीलाई गुरुगद्दी हस्तान्तरण गर्नुभयो । यसरी आफूले पाएको गुरुगद्दीलाई आफ्नो स्वइच्छाले अरुलाई हस्तन्तरणको उदाहरण हामी केवल यस निरंकारी मिशनमा मात्र देख्न पाउँछौ । त्यस्तै सत्गुरु माता सविन्दर हरदेव जीले पनि आफू छदै गुरुगद्दी सत्गुरु माता सुदीक्षा जी महाराजलाई हस्तान्तरण गर्नुभयो । यसरी निरंकारी मिशनमा स्वयं सत्गुरुले आफ्नो आसन आफ्ना अनन्य भक्तहरुलाई दिनु हुन्छ, आफ्नो प्रतिनिधित्व गराउनु हुन्छ, उहाँले भन्नुभयो ।
अहिले मुक्ति दिवस नेपालका १२५ भवनहरुमा भइरहेको छ । दासलाई बीरेन्द्रनगर सुर्खेतमा सेवा दिइए जस्तै अरु मुखी, प्रचारक, सेवादल इंन्चार्ज तथा केन्द्रीय पदाधिकारीहरुलाई पनि अन्य ठाउँमा सेवा दिइएको छ । गुरुले आफूलाई दासको संज्ञा दिन्छ । अरुले आफूलाई मालिक सम्झन्छ । विश्वको यस्तो कुनै ठाउँ छैन जहाँ निरंकारी मिशन छैन । दासलाई अमेरिकामा पनि सत्संग गर्ने अवसर प्राप्त भयो । अमेरिकामा ५० प्रान्त रहेका छन् ती प्रान्तमा निरंकारी मिशनका शाखाहरु रहेका छन् र त्यहाँ भवनहरु पनि रहेका छन् । यसरी केवल पाकिस्तान र चीन बाहेक अन्य सबै देशहरुमा निरंकारी मिशनका शाखाहरु रहेका छन् । मिशनको उत्पत्ति पाकिस्तानबाट भएर पनि अहिले त्यहाँ निरंकारी मिशनको कुनै शाखा छैन । यसरी १९६२ देखि १९८० सम्म बाबा गुरबचन सिंह जी महाराजले यस मिशनको बागडोर सम्झाल्नुभयो । उहाँले पहिलो पटक दूर देशहरुमा कल्याण यात्रा गर्नुभयो । ठाउँ–ठाउँमा विशाल कल्याण यात्राको साथै समागमको आयोजनाहरु भए । सबै भाषा, धर्म, रितिरिवाज, सम्प्रदायका मान्छेहरुलाई बोलाएर एउटा विशाल सम्मेलन गर्ने निधो भयो तब बाबा जीले आफ्ना प्रबन्धक गणहरुसंग सल्लाह लिनुभयो । विचार गर्दा यदि मन्दिरको कुनै प्राङ्गगणमा बोलाउँछौभने त्यहाँ अरु समुदायका मान्छेहरु आउने छैनन्, त्यस्तै मस्जिदको क्षेत्रमा गर्छौ भने अरु समुदायका मान्छेहरु आउने छैनन्, चर्चमा गर्छौ भने त्यहाँ अरु समुदायका मान्छेहरु आउने छैनन् यो कुराको विचार गरेर सम्मेलनको आयोजना सिनेमा हलमा गर्नेभयो । किनभने सिनेमा हलमा सबै धर्म, सम्प्रादय, रितिरिवाज, जातजातिका मान्छेहरु आउन सक्छन्, त्यहाँ कुनै प्रकारको बन्धकारी सिमा हुने छैन । यसरी सिनेमा हलमा विशाल कार्यक्रम भयो । आज विश्वको कुना–कुनामा मिशन फैलिरहेको छ, उहाँले अवगत गराउनु भयो ।


२४ अप्रेल १९८० को घट्नालाई स्मरण गर्छौभने बाबा गुरबचन सिंह जी मानव कल्याणको लागि विश्वका मान्छेहरुलाई जागृत गरिरहनु भएको थियो । सबै समुदायमा यो अमूल्य ब्रम्हज्ञान प्रदान गरिरहनु भएको थियो तर त्यस समयमा बाबा जीले गरेको यस कार्यमाथि सहन गर्न नसक्नेहरुले उनलाई गोली हानेर हत्या गरे । ती आतंकारीहरुले हाम्रा करिब एक सयभन्दा बढी सन्तहरुको सित्तै प्राण लिए । ती आतंकारीहरुले सोचेका थिए कि यस निरंकारी मिशनका नाइकेलाई नै समाप्त गरेपछि निरंकारी मिशन स्वतः समाप्त हुने छ भन्ने उनीहरुको सोचाई थियो तर त्यस्तो नभएर बाबा गुरबचन सिंह जीको हत्या भएपछि यो मिशन बाबा हरदेव सिंह जी महाराजको नेतृत्वमा संसारमा तिब्र रुपमा फैलियो, उहाँले बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो कि बाबा गुरबचन सिंह जीको अन्तिम स्वाँसमा तूही निरंकार, मै तेरी शरणा भनिराख्नु भएको थियो त्यति बेला राजमाता जीले बाबा जीको चरण समातेर हजूर जानुभन्दा पहिले हजूरको जिम्मेवारी कसलाई दिनु हुन्छ भनेर भन्दा बाबा जीको मुखबाट ‘भोला’ शब्दको उच्चारण निस्कियो । भोला भन्ने बाबा हरदेव सिंह जी महाराज हुनुहुन्थ्यो । त्यति बेला बाबा हरदेव सिंह जी को उमेर २६ वर्षको थियो । उहाँ त्यति बेला सेवादलको उर्दी लगाएर सेवा गर्नु हुन्थ्यो । सत्संगमा फोटो खिच्नुको साथै भिडियो बनाउने गर्नु हुन्थ्यो । जब बाबा गुरबचन सिंह जीले भोला शब्दको उच्चारण गर्नुभयो तब सन्तहरु पनि चकित भएकि यति सिधा मान्छेले कसरी यति ठुलो बागडोर सम्झाल्नु होला भनेर चिन्तित भए । २७ अप्रेल १९८० का दिन दिल्लीको अवतार पार्कमा गुरु तिलक गरेर तत्काली सन्त निरंकारी मण्डलका प्राधान डा. देशराज जीले बाबा हरदेव जीलाई गुरुगद्दीमा राख्नुभयो र विभिन्न ठाउँबाट आएका सन्तहरुलाई बोल्न समय दिइयो । बोल्ने क्रममा अधिकांश सन्तहरुले भनेकी यिनीहरुले हाम्रा संयौ सन्तहरुलाई मारे र अन्तमा हाम्रा बाबा गुरबचन सिंह जीलाई पनि आफ्नो शिकार बनाए । अब हामीले पनि हतियार उठाएर यिनीहरुलाई मार्नु पर्छ । रगतको बदला फासीमा चढाउनु पर्छ । सबैको बोल्ने पालो समाप्त भएपछि अन्तमा बाबा हरदेव सिंह जी भन्नुहुन्छ– ‘साध संगत जी, धन निरंकार जी । तपाईहरु आज देश–विदेशबाट यस अवतार पार्कमा किन जम्मा हुनु भएको छ ? सबैले बाबा गुरबचन सिंह जीलाई श्रद्धाजली दिनको लागि नै आउनु भएको छ । तपाईहरुलाई बोल्ने अवसर पनि प्राप्त भयो तर सबैको मुखबाट बदला लिने कुरा भयो । बाबा गुरबचन सिंह जी मेरा बुवा हुनुहुन्छ र गुरु पनि । त्यस्तै बाबा गुरबचन सिंह जी तपाईहरुका गुरु हुनुहुन्छ तर अधिकांशले उहाँको हत्याको बदला रगत नै लिने भाव प्रकट गर्नुभयो । तर बाबा गुरबचन सिंह जीले हामीलाई कसैसंग बदला लिनु पर्छ भन्ने कुरा सिकाउनु भएको छैन, त्यसको साटो सबैको भलाई गर्नु पर्छ भन्ने कुराको ज्ञान गराउनु भएको छ । हामीले कसैको निन्द्रा–नफरत गर्नु हुँदैन, कसैको कुभलो नचिताउनु, सबैको भलाईको कामना गर्नु भनेर बाबा जीले हामीलाई सिकाउनु भयो । दास हजूरहरु सबैलाई आग्रह गर्न चहान्छ कि यदि उहाँलाई सच्चा श्रद्धाञ्जलि अर्पण गर्न चहानु हुन्छ भने ‘रगत नालीमा होईन, नाडीमा बग्नु पर्छ’ भन्ने सन्देश दिनुहोस र त्यो कार्यमा सबै जना अगाडि बढ्नु होस, उहाँले आग्रह गर्नुभयो ।

आज हामी यस्तो महान गुरुका शिष्य छौ । तत्पश्चात बाबा हरदेव सिंह जीको पनि क्यानडामा कार दुर्घटना भएर यस निराकारमा मिलन हुनुभयो, यो दुर्घटनामा कुनै रहस्य लुकेको छ । सबै कुरा थाह हुँदा हुँदै सत्गुरु माता जीले उजागर गर्नु भएन । यसमा पनि केहि सन्तहरुले दुर्घटना गराउनेलाई कारवाही गर्नु पर्छ भन्ने आग्रह गरे तर सत्गुरु माता जीले त्यो काम हाम्रो होइन, त्यो यस दातार निराकारले गर्ने छ भनेर सबै सन्तहरुलाई सम्झाउनु भयो । त्यसको करीब दुई वर्षपछि सत्गुरु माता सबिन्दर जीले आफ्नो नश्वर शरीर त्यागेर यस निराकारमा लिन हुनुभयो । उहाँले आफ्नी कान्छी छोरीलाई गुरुगद्दी अर्पण गरेर सत्गुरुको स्वरुप प्रदान गर्नुभयो । सत्गुरु माता सुदीक्षा जी महाराज सानैदेखि विक्षण प्रतिभाकी धनि हुनुहुन्थ्यो, ब्रम्हज्ञानी हुनुहुन्थ्यो । यस्तो स्वभाव भएकीलाई सत्गुरु माता सबिन्दर जीले सत्गुरु स्वरुप प्रदान गर्नुभयो । यी सबै निरंकारी मिशनका इतिहास हुन उहाँले विस्तृत रुपमा वर्णन गर्नुभयो ।

आज हामी नेपालभरि मुक्ति पर्व दिवसको रुपमा मनाई रहेका छौ । यो किन मनाई रहेका छौ, त्यसको बारेमा जान्नु जरुरी छ । मायाको बन्धनबाट छुटकारा पाउनु पनि मुक्ति हो तर वास्तविक मुक्ति भनेको चौरासी लाख योनिबाट मुक्ति हुनु भनेको त्यो सच्चा मुक्ति हो । आत्मालाई परमधाममा पार लगाउनु नै मुक्ति हो । यो सेवा, सुमिरण सत्संग गर्दै यस मुक्तिलाई प्राप्त गर्न सकिन्छ । यसरी सन् १९६४ मा दिल्लीमा विशाल सत्संग कार्यक्रम तथा सेवादल ¥याली पनि थियो । त्यस दिन भारतको गणतन्त्र दिवस पनि मनाई रहेका थिए । त्यसै दिन अर्थात १५ अगस्ता १९६४ का दिन माता बुद्धवन्ति जीले देह त्याग गर्नुभयो । १५ अगस्त १९६५ देखि यस दिनलाई जगतमाता बुद्धवन्तिी दिवसको रुपमा मनाउन थालियो । त्यसै गरेर १९७९ मा बाबा अवतार सिंह जी ब्रम्हलिन हुनुभयो । १५ अगस्त सन् १९७९ का दिनदेखि यसलाई मुक्ति दिवसको रुपमा मनाउन थालियो । आज जगतमाता बुद्धवन्ति जी, सहनशाह बाबा अवतार सिंह जी, बाबा गुरबचन सिंह जी, बाबा हरदेव सिंह जी, सत्गुरु माता सविन्दर जी लगाएत प्रधान लाभ सिंह जी र थुप्रै कर्मयोगी महात्माहरुको बलिदानीलाई स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ उहाँले प्रष्ट पार्नुभयो ।
सत्संग कार्यक्रममा बिमला, मनसरा एवं साथी, नर बहादुर रसाईली, झण्डलाल जि.सी., अम्मर सुनार, समिता योगी, तिला सुनार, टेक बहादुर, नविना रेग्मी, लिलाराम पूरी, भूपेन्द्र नेपाली, सुर्खेत जिल्लाका इंचार्ज सहविर थापा, गगन ‘दलदल’ जी, गायक तेज बोहरा, प्रेम एवं साथीहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए साथै स्थानीय बुद्धिजीवी, पत्रकार, राजनीतिज्ञहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन राजन रेग्मीले गर्नुभएको थियो ।
त्यस्तै प्रकारले छिन्छु सुर्खेतमा पनि सत्संगको आयोजना गरिएको थियो । उक्त सत्संगमा सन्त निरंकारी नेपालका अध्यक्ष नर बहादुर रावलले मुक्ति पर्व सन्त निरंकारी मिशनमा किन मनाईन्छ र यसको के महत्व छ, यसबाट हामीले सिक्नु पर्छ भन्ने कुराको जानकारी गराउनु भएको थियो । सत्संग कार्यक्रमा स्थानीय सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव प्रकट गरेका थिए । नेपाल अध्यक्षबाट मदनेचौर, छिन्छुमा पिपलको बोट रोपण गरेर सबैलाई वृक्षा रोपण गर्नु पर्छभन्ने सन्देश दिनु भएको थियो ।

मुक्ति पर्वकै सिलसिलमा लेकवेशी पोखराभञ्ज्याङ्या, सुर्खेतमा पनि भव्य सत्संगको आयोजना गरिएको जसमा सीता बि.क., रिता वि.क., भावना वि.क., सुशीला, बिमला न्यौपाने, नविन, समिता, साबित्री, गायक तेज बोहरा, गगन जी, प्रेम जी आदिले भजन वा प्रवचनको माध्यमबाट भाव व्यक्त गरेका थिए ।
सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले मुक्ति पर्वमाथि प्रका पार्नु भएको थियो भने उक्त अवसरमा भेरिगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष वीर बहादुर बस्नेतले सन्त निरंकारी मिशनको प्रशंसा गर्दै अगामि दिनहरुमा आफूले सक्दो साथ र सहयोग गर्ने कुरा ब्यक्त गर्नुभयो । त्यस्तै लेकबेशी नगरपालिकाका उपमेयर बिमला खडलुकले यो मिशन आध्यात्मिक ज्ञान सिकाउने संस्था रहेछ, पालिकामा रहेका युवा वर्ग र महिला शक्तिलाई अत्यन्तै सकारात्मक उर्जा दिएको र भक्तिमार्गमा लगाएकोमा मिशनलाई धन्यावाद गर्नुभयो र देशभरि यो संस्था फैलियोस भनि शुभकामना पनि दिनुभयो
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.