आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन धनगढीमा सेवादल प्रशिक्षण शिविर सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, १ भाद्र । सन्त निरंकारी सत्संग भवन धनगढीमा सेवादल प्रशिक्षण शिविर सम्पन्न भएको छ ।

निरंकारी सत्संग भवन धनगढीमा साउन १ गते र भाद्र २ गते (शनिबार) का दिन आयोजित सेवादल प्रशिक्षण शिविरमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा क्षेत्रिय संचालक नर बहादुर बटालाद्वारा स्थानीय सेवादलका स्वयं सेवकहरुलाई विविध विषयमा प्रशिक्ष्(ण दिनु भएको थियो । उहाँले शिविरमा सेवादल भनेको स्वच्छ, इमान्दार, कर्तव्यनिष्ट, अनुशासित भएर कुनै स्वार्थ नराखी पूरा संसारको भलाईको कामनाको लागि रातदिन निःस्वार्थ भावले जुटी रहन्छ ।

बिज्ञापन

हामी सेवादल भइसकेपछि केहि चीज पाउने आशामा सेवा गर्ने नभएर निःस्वार्थ भावले सेवा गर्नु पर्दछ । यहाँ कोहि सानो–ठुलो हुँदैन, सबै बराबर हुन्छन्, सबै एउटै ईश्वर–परमात्माका सन्तान हुन, आफ्नो–विरानो, जात–पात, धनि–गरीवको दृष्टिले सेवा गर्नु हुँदैन । सेवा गर्दा जहिले पनि आदेशमा रहेर गर्नु पर्दछ । कहिलेपनि आफ्नो मन मुताविक, आदेशलाई नटेरेर सेवा गर्नु हुँदैन, त्यस्तो सेवा सत्गुरुले स्वीकार गर्नु हुँदैन । त्यस्तै जहिले पनि सेवाको कुरामा अग्रिणी स्थानमा रहनु पर्दछ, कहिले पनि पछि हट्नु हुँदैन । यो सेवा पछि गरुला, अहिले म व्यास्त छु समय छैन, अहिले आलस लागेको छ पछि गरुला भनेर पछि हट्नु हुँदैन, त्यसो गरे सेवा स्वीकार हुँदैन ।

जहिले पनि समाजिक कार्यमा अगाडि रहनु पर्दछ । कुनै दैवि प्रकोप, बाढी–पहिरो, भूकम्प, दुर्घटना, निःसहायलाई सहयोग, बालक, बृद्धा, अपाङ्ग जस्ता व्यक्तिहरुको ह्दयले सेवा गर्नु पर्दछ । यसरी सेवामा तन, मन, धन लगाएर निराकारमा समर्पित भएर गरिएको सेवाबाट नै जीवन मुक्ति सम्भव हुन्छ, उहाँले बताउनु भयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।