मुक्ति पर्व दिवस धनगढीमा सम्पन्न

धनगढी, १ भाद्र । मुक्ति पर्व दिवस धनगढीमा सम्पन्न भएको छ ।

उक्त अवसरमा निरंकारी सत्संग भवन धनगढीमा उपस्थिति सन्तहरुलाई सम्बोधित गर्दै सन्त निरंकारी मण्डल नेपालका क्षेत्रिय संचालक नर बहादुर बटालाले ‘हरदेव बाणी’ को सहारा लिदै भन्नुभयो कि सत्गुरुले माया–मोहको बन्धनबाट मुक्त पाउन मुक्ति हो भनेका छन् । मानव जीवन छदै संसारिक माया जालबाट मुक्त रहनु नै मुक्ति हो । मुक्ति पर्व दिवसलाई औल्याएर हेर्दा सत्गुरु विश्वको मुक्तिको लागि आउने गर्दछ । संसारको कल्याणको निमित्त उसले आफ्नो सर्वस्व छोड्ने गर्दछ । जीवनलाई यस निराकार–परमात्मासंग मिलाउे गर्दछ ।


निराकार–परमात्मासंग त्यही मिलाउँछ जो मुक्त छ । हामी हाम्रो गुरु सत्गुरुको रुपमा हाम्रो उदाहरणलाई हेर्दा बाबा बूटा सिंह जी देखि बाबा हरदेव सिंह जी महाराज, सत्गुरु माता सबिन्दर जी आदि पिर–पैगम्बर गुरुहरुको जीवन तपाई–हाम्रो जीवन जस्तो हुँदैन, उनीहरु अद्भूत जीवन बाँचेर संसारको कल्याणको निमित्त यस संसारमा जन्म लिने गर्दछन् । यो सत्गुरु कुनै परिवारमा आएर मनुष्य साकार जीवन लिएर यस निराकारले आफ्नो काम गरयो । सत्गुरुले यस्तो काम गरयो कि पहिले आफू मेटियर संसारको उद्धार हुन सक्छ भनेर आफ्ना प्राणको यहुती दिन पनि पछि परेनन् । आज यस्तै उहाँहरुको महान कार्यबाट प्रेरणा लिने उद्देश्यले मुक्ति पर्व दिवस मनाईदै छ, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा धनगढी सत्संग भवनका मुखी प्रकाश साउँद, सरस्वती खड्का, सुन्नदा एण्ड साथी, निर्मला बि.क., रोशन ओड, विष्णुमाया ओड, प्रकाश भण्डारी, एक सय वर्षका बयोवृद्धा सन्त नरध्वज स्वाँर लगाएत स्थानीय सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन कृष्ण बहादुर साउँदले गर्नु भएको थियो । सत्संग समाप्ति पछि सबै सन्तहरुलाई लंगरको व्यवस्ता गरिएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.