१६ किलो चरेशसहित अत्तरियाबाट एक महिला पक्राउ
लोक कल्याणकारी विज्ञापन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका २ अत्तरियाबाट १६ किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा बझाङ बुंगल नगरपालिका वडा नम्बर २ दहबगर मल्ली बत्थी घर भई हाल गोदावरी नगरपालिका वडा नम्बर २ तेघरी खानेपानी टोलमा बस्दै आएकी ४५ वर्षीय मंगली देवी धामी रहेकी छिन् ।
बिज्ञापन

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटीएको टोलीले हिजो बेलुकी धामीको साथबाट १६ किलो १८० ग्राम लागूऔषध चरेश बरामद गरेको हो ।
धामीलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
