सन्त निरंकारी सत्संग भवन अत्तरियामा बृहत सत्संग सम्पन्न

अत्तरिया, १ भाद्र । सन्त निरंकारी सत्संग भवन अत्तरियामा बृहत सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा धनगढीबाट आउनु भएका सन्त कविराज रेग्मीले उपस्थिति सत्संगलाई सम्बोधन गर्दै निरंकारी मिशनमाथि प्रकाश पार्दै भन्नुभयो कि युगपुरुष बाबा अवतार सिंह जी महाराज र जगतमाता बुद्धवन्ती जीको परोपकारको वर्णन गर्दै मिनशनको सुन्दर जग बसालेको कारण आज हामी यस पवित्र एवं परोपकारी मिशनका अनुयायी हुन पाएका छौ । त्यति बेला मिशनमा सेवादार थिएनन्, सबै सेवादारको काम जगतमाता बुद्धवन्ती जीले आफै गर्नुहुन्थ्यो । सन्तहरुको सेवा गर्नु हुन्थ्यो, उनीहरुको लुगा धुने गर्नु हुन्थ्यो, कमिजको बटन लगाउनु हुन्थ्यो, लुगाहरुमा आइरन लगाउनु हुन्थ्यो आदि जस्ता सेवाहरुका कार्यहरु गरेर सत्गुरु बाबा अवतार सिंह जीलाई खुशी पार्नु भयो । त्यसैगरि सम्पूर्ण सन्त परिवारलाई आफ्नै बच्चा सम्झेर माया गर्नुभयो, उहाँले बताउनु भयो ।


बाबा अवतार सिंह जी महाराजले पनि आफ्ना गुरु बाबा बुटा सिंह जी महाराजलाई आफ्नै घरमा राखेर सेवा गर्नुभयो । निरंकारी राजमाता जीले पनि मिशनलाई प्रेम, नम्रता, मिलवर्तन र सहनशीलताको उदाहरण बनेर सबैलाई प्रेरणा दिनुभयो । युगनिर्माता सत्गुरु माता सबिन्दर हरदेव जीले पनि ३६ वर्षसम्म बाबा हरदेव सिंह जी महाराजसंग काँधमा काँध मिलाएर मिशनलाई शिखरसम्म पु¥याउनुुभयो । आँखा नदेख्ने महात्मालाई अस्पतालमा लगेर उपचार गराई त्यसको सम्पूर्ण खर्च आफै व्यवहोरर्नु भयो । शिक्षा हासिल गर्न कोहि आर्थिक अभावमा छ भने त्यस्ता बच्चाहरुको फीस बुझाएर पढ्ने अवसर प्रदान गर्नुभयो । उक्त दिव्य विभूतिहरुको स्मरण गर्दै उनीहरुमा श्रद्धा–सुमन अर्पण गर्दै उनीहरुले मार्गदर्शन गरेका दिव्य कार्यहरुलाई आत्म साथ गर्दै त्यतातिर हामी पनि आफूलाई अग्रसर गरौं र समाजको विकास गरौं भनि सबैलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमको अन्तमा कविराजले जीवन छर्दै मुक्ति प्राप्त गर्नु पर्छ । सम्पूर्ण हरदेव बाणीको शब्द नं. १४७ को सहारा लिदै उहाँले मोह–माया, लोभ–लालच, काम–क्रोध, अहंकार, तृष्णाबाट जसले आफूलाई मुक्त गर्छ, त्यसैले मुक्तिको दाबी गर्न सक्छ । साथै सत्गुरुको शरणमा आएर जो यस प्रभु–परमात्माको ज्ञान हासिल गर्छ, त्यसको आत्मा पनि मुक्तिको हकदार बन्न सक्छ भनेर उहाँले सम्झाउनु भयो ।
सत्संग कार्यक्रममा अत्तरिया भवनका मुखी दिपक बि.क., सेवादल शिक्षक अर्जुन पार्की, जगन्नाथ पाण्डे, गौरव सिंह वि.क., ईश्वरा कडारा, राम बोगटी, प्रिती बि.क., अञ्जली बि.क., भगवती खड्का, धन बहादुर आउजी, दिल बहादुर टमट्टा, मान सिंह कामी, सरस्वती कडारा, बिपन्ना बराल, सरीता बोगटी र जय बहादुर खड्काले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने सत्संगको संचालन सन्तोष आउजीले गर्नुभएको थियो । सत्संगमा अत्तरिया वरिपरिका करिब ५०० भन्दा अधिक सन्त–भक्तहरुको उपस्थिति रहेको थियो । सत्संग समाप्ति पछि सबै सन्तहरुको लागि लंगरको ब्यवस्था गरिएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.