सन्त निरंकारी सत्संग भवन टीकापुरद्वारा बाढी पीडितहरुलाई सहयोग

टीकापुर, १२ भाद्र । सन्त निरंकारी सत्संग भवन टीकापुरद्वारा बाढी पीडितहरुलाई सहयोग गरिएको छ ।
गत हप्ता कैलालीमा परेको अबिरल वर्षाले कैलालीका विभिन्न ठाउँमा बाढी आएर ठुलो जन–धनको क्ष्यनि पु¥याएको छ, जसमा भजनी नगरपालि– ८ अन्र्तगत कुसुमघाटको काँडाढीकमा बसोबास गर्ने जनताहरुको घर–गोठमा पानी पसेर ठुलो क्ष्यति पु¥याएको छ । त्यहाँका स्थानीय जनताहरुलाई केहि राहत पुग्ने उद्देश्यले सन्त निरंकारी सत्संग भवन टीकापुरले चामल–३३० के.जी., दाल– २१ के.जी., तेल– १ पेटी, रु.५०० को मसाला, सोेयनविन– २ कट्टा र नुन– १० के.जी. गरि जम्मा रु २८०००÷– धनराशी बराबरको समान सन्त निरंकारी सत्संग भवन काँडाढीक, कुसुमघाटका मुखी खेमराज काफ्लेलाई बुभाएको छ ।


भाद्र ६ गतेदेखि परेको अविरल वर्षाले स्थानीहरुको घर–गोठ नुक्सान गर्नुको साथै चौपाया, धान खेती समेत नष्ट पारेको छ । अहिलेसम्म उनीहरु आफ्नो घरमा राम्रोसंग बस्न समेत सकेका छैनन्, कतिखेर पानी आउने हो र कतिखेर उठीबास हुने हो भन्ने डरले रातभर जागाराम रहेको कुरा मुखी खेमराज काफ्ले बताउनु हुन्छ । वर्षाल्े त्यहाँको बाटो–घाटोलाई बगाएर आफ्नो घर पुग्न स्थानीहरुलाई धौधौ परिरहेको छ ।
सन्त निरंकारी मण्डल नेपालको गाडी पनि त्यहाँ रहेको सन्त निरंकारी सत्संग भवनमा गएर स्थानीयहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको थियो तर बाटो क्ष्यतिग्रस्त भएको कारण बीचबाटो मै काँडाढीक भवनका मुखी खेमराज काफ्ले लगाएत स्थानीय प्रतिनिधिहरुको रोहबरमा उक्त राहत सामग्री बितरण गरिएको छ ।
राहत सामग्री बितरण गर्न सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल, सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारी, सेवादल शिक्षक भवन सिंह, सह–शिक्षक चन्द्र सिंह भूल, सन्त तेज बहादुर बोहरा र सन्त निरंकारी मण्डल नेपालका मिडिया सहायक राजन रेग्मीको उपस्थिति रहेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.