प्यूठानमा मृत अवस्थामा भेटिए शिक्षक
लोक कल्याणकारी विज्ञापन

बुटवल : ऐरावती गाउँपालिका प्यूठानको जनता माध्यमिक विद्यालय विजुलीका शिक्षक चन्द्रप्रकाश सापकोटा मृत अवस्थामा फेला परेका छन् । ३८ वर्षीय उनको स्थायी घर कैलाली हो ।
उनको गाउँदेखि दुई किलोमिटरको दूरीमा शव फेला परेको प्यूठानका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।
बिज्ञापन

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल विजुवार लगिएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको थापाले बताए । मृतक सापकोटाको शरीरमा बाहिरी चोटपटक घाउ नभएको थापाले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
