घटना

कपडा सुकाउने क्रममा करेन्ट लागेर बैतडीमा एकको मृत्यु, ४ जना घाईते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडीः बैतडीमा कपडा सुकाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–६ डुङग्राकी ५७ वर्षीया जानकी लुहारको सोमवार मृत्यु भएको हो।

आफ्नै घर नजिक बिद्युतको पोलबाट मिटर बक्समा ल्याएको तार खुल्ला भई करेन्ट प्रभाव भएको ग्याबिङ जालीमा कपडा सुकाउने क्रममा करेन्ट लागेर जानकी गम्भिर घाइते भएकी थिइन्। उनको उपचारको लागि स्थानिय मेडिकल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

बिज्ञापन

साथै जानकीलाई लागेको करेन्ट छुटाउने क्रममा सोही ठाउँ बस्ने ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पबित्रा ओड, १० वर्षीया भवनेश्वरी ओड र २२ वर्षीया सिता लुहार घाइते भएका छन्। उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।