कैलारी गाउँपालिकामा दुई दिन बिदा

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले दुई दिन बिदा दिने निर्णय गरेको छ । पालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा भदौ २३ र २४ गते बिदा दिने लागेको हो ।
भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यहाँका थारु समुदायले दुई दिन अट्वारी पर्व मनाउने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले २३ गते सार्वजनिक बिदा दिएका कारण कार्यपालिकाको बैठकले २४ गते थप एक दिन बिदा दिने निर्णय गरेको बताए ।
सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैङ्क तथा वित्तीय संस्थामा बिदा दिइएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । पश्चिम तराईबासी थारु समुदायका मानिसले धूमधामका साथ अट्वारी पर्व मनाउँदै आएका छन् । यस पर्वमा थारु पुरुषले व्रत बस्ने गर्छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
