खेलकुद

मैले जितेको मेडल राष्ट्रका लागि हो,गौरव महशुस गरेको छु : पलेशा गोवर्द्धन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। बुधबार बिहान स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ लगायतले स्वागत गरेका थि

पलेशालाई स्वागत गर्न बाजागाजा सहित हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए। त्यसपछि उनलाई नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् पुर्‍याइएको थियो। राखेपमा खेलकुदमन्त्री चौधरी, राखेप सदस्यसचिव घिसिङ, तेक्वान्डो संघका पदाधिकारी लगायतले सम्मान गरेका थिए।

बिज्ञापन

सो अवसरमा पारा तेक्वान्दो खेलाडी पलेशाले आफूले जितेको मेडल राष्ट्रका लागि भएको गौरव महशुस गरेको बताइन्। सीमित स्रोत साधनका बीच आफूले तयारी गरेको र खेलको दिन उच्च मनोबलका साथ खेलेको र सफलता प्राप्त गरेको उनले बताइन्। 

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काश्य पदक जितेकी थिइन्। उक्त पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।