घटना

जीप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु, सहचालक हाम फालेर बाँचे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुगु : सोरुगाउँपालिका-६ बन्जाह मोडमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ। बुधबार  बिहान ९:३० बजेतिर सोरुकोटबाट गमगढी आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु  भएको प्रहरीले जनाएको छ।

सोरुकोटबाट सदरमुकाम  गमगढी आउँदै गरेको  ग १ ज ६४३७ नम्बरको जीप सोरु गाउँ पालिका-६ बन्जाह मोडमा ब्रेक फेल भइ मोडबाट १ सय  मिटर तल खस्दा जीप चालक  ४५ वर्षीय नरबहादुर  बुमीको मृत्यु भएको  प्रहरीले जानकारी  दिएको हो ।

बिज्ञापन

जीपमा  यात्रु थिएनन् । जीप दुर्घटना  हुँदा सह-चालकले हाम फालेर ज्यान बचाएको प्रहरी ले बताएको छ । घटनाको  मुचुल्का  तयार भइसकेको  र पोस्टमार्टमका लागि शव जिल्ला  अस्पताल  ल्याउने तयारी  भएको  जिल्ला  प्रहरी  कार्यालयले जानकारी  दिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।