प्रवासमनोरञ्न

भारतको गुजरातमा प्रवासी नेपाली संघ भारतको भब्य तिज कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रतन चलाउने अंकलेश्वर

प्रवासी नेपाली संघ भारत गुजरात राज्य समिती अन्तर्गत पर्ने अंकलेश्वर-भरुच नगर समितिको आयोजनामा हिन्दु नारिहरुको महान चाड हरितालिका तीज २०८१ को पावन अवसमा तीज विशेष सांस्कृतिक कार्यक्रम अंकलेश्वर स्टेशन रोड स्थित उमाभवन शभाहलमा अत्यन्तै सभ्य,भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ।

बिज्ञापन

नगर समितीका अध्यक्ष रमेश न्यौपाने को अध्यक्षतामा भएको कार्यक्रमका संचालन नगर सिमिती सचीव पदम बहादुर बिष्ट ले गरेका थिए। उक्त कार्यक्रमको प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रिय समिती सचिवालय सदस्य तथा गुजरात राज्य समिती इन्चार्ज टेक रावल भिजन रहेका थिए।

विज्ञापन

विशिष्ट अथिति संघका केन्द्रिय सदस्य तथा गुजरात राज्य समिती सह-इन्चार्ज कमल धामी थिए भने अन्य अतिथिहरुमा संघका केन्द्रिय सदस्यहरु हरि महर,खडक बि क,तेज रैकाल,गुजरात राज्य अध्यक्ष सोमराज बडाहित, ,उपाध्यक्ष रतन बि क,आर्थिक विभाग प्रमुख सर्जन खडका,संगठन विभाग प्रमुख रतन चलाउने, राज्य सदस्यद्वय विमला रावल,कल्पना बि क,गणेश खडका, कर्ण रावत, गुजरात राज्य सल्लाहकार सदस्य शिबलाल बांठामगर, अंकलेश्वर-भरुच नगर समिति सल्लाहकार एकेन्द्र बिष्ट, नेकपा एमाले कमलबजार नगरपालिका संगठन कमिटी अछामका सदस्य तारा खडका, कमलबजार नपा कै वडा नम्बर ५ का वडा कमिटी सदस्य तपेन्द्र चलाउने,नेकपा माओवादी केन्द्र कनपा नगर कमिटी सदस्य नरबहादुर देउवा,अखिल भारत नेपाली एकता मंच अंकलेश्वर नगर समिती अध्यक्ष सेरबहादुर बिष्ट, राज्य सदस्य तथा भरुच नगर समिती कार्यलय सचीव जयलाल अधिकारी,पत्रकार महासंघ अछाम साखाका सदस्य दिनेश कडायत,समाजसेवी महिला धर्मा सिंह,दुर्गा बलायर,कृष्णा परियार र दुरा भुल लगायतको उपस्थिति रहेको थिए ।

प्रमुख अतिथि लगायत अतिथिहरु लाई महिला विभाग बाट टिका,माला र खादा लगायत स्वागत तथा सम्मान गरिएको थियो। प्रमुख अतिथी टेक रावल भिजन र विशिष्ट अतिथि कमल धामी द्ररा संयुक्त रुपमा दिप प्रज्वलन र ब्यानर अनावरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम उद्घाटन भए लगत्तै नेपालको राष्ट्रिय गान बाट कार्यक्रम शुभारम्भ भएको थियो।

महिलाहरुको बाक्लो उपस्थिति रहेको तिज कार्यक्रममा
नगर समितिका उपाध्यक्ष उपाध्यक्ष शेर बहादुर कडायतले प्रमुख अतिथि,अतिथिहरु र सम्पूर्ण जनसमुदाय लाई आफ्नो गहकिलो मन्तव्य द्ररा स्वागत गरेका थिए।


प्रवासी नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा नेपाल बाट आएका कलाकारहरु क्रमशः रत्नकमल बिष्ट, इब्सल संज्याल,मनिषा कार्की लगायतका चर्चित कलाकारहरुको जोरदार प्रस्तुतिहरु बाट दर्शकहरूले भरपुर मनोरञ्जन प्राप्त गरेका थिए । साथै स्थानीय महिला दिदिबहिनिहरुले अत्यन्तै हर्षौल्लासका साथ आ आफ्नो कला,नृत्य र गीत हरु प्रदर्शन गरि हाम्रो मौलिक संस्कृति र परम्परा अनुसार सबै महिलाहरुले प्रवासी नेपाली संघ भारत लाई आफ्नै माइति घर सम्झेर तीज मनाइरहेका थिए। कार्यक्रमको प्रायोजक कालभैरव सुनचाँदी पसल ,प्रभु मनि ट्रान्सर्फमर र वापी टुर एण्ड ट्राभल्स रहेका थिए।

प्रमुख अतिथि टेक रावल भिजन ले शुभकामना मन्तव्य दिनुहुदै प्रवासी नेपाली संघ भारत अखिल भारत स्तरमै प्रवासी नेपालीहरुको हक हित र संरक्षण को लागि विगत ५८ वर्ष देखि संघर्षरत रहेको कुरा उल्लेख गर्दै

सुरक्षा,सम्मान र सहभागिता को लागि प्रवासी नेपाली आन्दोलन
“पूजी,प्रविधि,ज्ञान र सीप स्वदेश भित्र्याउने हाम्रो अभियान

भन्ने मुल नाराका साथ, प्रवासी नेपालिहरुको सुरक्षा,सम्मन र सहभागिताको सुनिश्चितता को ग्यारेन्टीका लागि पनि प्रवासबाटै आन्दोलनरत रहेको र प्रवासी नेपालीहरुले पनि आफुले इमान्दारी पुर्वक आर्जन गरेको पुजि,प्रविधि,सीप र ज्ञान लाई स्वदेश भित्र्याई राष्ट्रको समृद्धिमा योगदान गर्नुपर्छ भन्ने मुख्य लक्ष्य रहेको कुरा उल्लेख गर्दै प्रवासमा हाम्रो कला संस्कृति र चाडपर्वहरुको जगेर्ना गर्न,राष्ट्र र राष्ट्रियता प्रती इमान्दार र जिम्मेवार बन्न सबैलाई उत्प्रेरणा जगाउन पनि यस्ता खालका कार्यक्रमहरुको आयोजनाहरु गर्दै आइरहेको विषय उजागर गर्दै हरेक नारीहरु सबैको आभारी बन्न सकुन् हरितालिका तीज २०८१ को शुभकामना सहित गौरवपूर्ण संगठनमा आबद्ध हुन आव्हान गरेका थिए।

कार्यक्रमको प्रायोजक वापी टुर एण्ड ट्राभल्स ,प्रभु मनि ट्रान्सर्फर र काल भैरव सुनचाँदी पसल रहेका थिए।
कार्यक्रमको अंतमा कलाकार र अतिथिहरुलाई आयोजक द्वारा मायाको चिनो र सम्मान पत्र प्रदान गर्दै स्वागत तथा सम्मान गरेर सभाध्यक्ष रमेश न्यौपाने द्वारा धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।