घटना

भुईमा लत्रिएको तार छुँदा बैतडीमा एक बालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बैतडी । बैतडीको सिगास गाउँपालिकाको करिव ८० प्रतिशत भु–भागमा विद्युतसेवा विस्तार हुँन बाँकी रहेको छ भने विस्तार भएको केही ठाउँमा पनि अव्यवस्थित विद्युतिकरणका कारण दुःखद घटना हुने गरेको छ । शुक्रबार भुईमा लत्रिएको विद्युत तार छोइएपछि एक बालकको मृत्युु भएको छ ।

सिगास गाउँपालिका–९ बाजँपानी निवासी दिपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको मृत्यु भएको हो । मध्याह्न करिब १२ बजेको समयमा स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बोहराले समातेको लट्ठीले जमिन नजिकै भएर तानिएको विधुतको तारमा छाइएपछि करेन्ट लागेर मृत्यु भएको स्थानीय डबल बोहराले जानकारी दिए ।

बिज्ञापन

बाख्रा चराउने क्रममा भुई नजिकैबाट लत्रिएर तानिएको तारमा छोएपछि करेन्ट लागेको हो । खोड्पे देखि श्रीभावरसम्म तानिएको लाइनमा उक्त घटना भएको हो । भुई नजिकैबाट लापरबाही तवरले तार तानिएको स्थानीयबासीले बताएका छन् । विद्युत प्राधिकरणको चरम लापरबाहीले यो घटना भएको स्थानीयबासीको आरोप छ ।

यसअघि पनि उक्त ठाउँमा घटना भएका थिए । बैतडीका विभिन्न ठाउँमा विद्युत तारहरु अस्तव्यस्त रहेकाछन् । पाटन–पञ्चेश्वर सडकको ठाउँठाउँमा विद्युत तारहरु भुईमै लत्रेको देखिन्छ । यसैगरि पुर्चौडी नगरपालिकाको भुमिराजमा विद्युत तारहरुले रुखका साथै मकैका बोटहरु छोएको छ ।

कतै जंगलमा रुखका हांगामै तारहरुले छोएकोले दुर्घटनाको जोखिम देखिन्छ । नेपाल विद्युत प्राधिकरण बैतडी शाखा प्रमुखमा जनार्दन पौडेल आएपछि भने विद्युतको नियमीततामा केहि सुधार आएपनि व्यवस्थीत विद्युतिकरण गर्ने बिषयमा भने अझै कमजोरी रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।