घटना

गर्भिणी गाई चोरेर काटेर खाएको आरोपमा तीन भुटानी शरणार्थीसहित ४ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

झापा : झापाको दमकमा गौहत्या घटनामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये तीन जना भुटानी शरणार्थी र एक जना स्थानीय महिला रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

रीले घटनामा संलग्न भएको आरोपमा दमक नगरपालिका २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर विष्ट, भुटानी शरणार्थी शिविर क्याम्प नम्बर ३ छाप्रो नम्बर एथ्री –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल, भुटानी शरणार्थी शिविर क्याम्प नम्बर ३ छाप्रो नम्बर एटु – १२० बस्ने ३२ वर्षीय विधान थापा र दमक नगरपालिका ४ की ४५ वर्षीया गीता श्रेष्ठलाई पक्राउ गरेको डीएसपी चन्दले बताए। 

बिज्ञापन

पक्राउ परेका विष्ट यसअघि विभिन्न मितिमा चोरी,डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कारबाहीमा परेका थिए। त्यस्तै दुलाल पनि यसअघि विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ती करणी मुद्दा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपन्छि सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई कारबाहीमा परेका थिए। थापा पनि यसअघि विभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भई कारबाहीमा परेका थिए। 

गत भदौ १८ गते राति दमक नगरपालिका २ का लक्ष्मण विष्टको दमक-१ स्थित पानीट्याङकी नजिक गोठमा बाँधी राखेको दुई महिनाको गर्भिणी गाईलाई चोरी गरी गोठदेखि सय मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर उनीहरूले काटेका थिए। उनीहरूले टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा ,करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडेको अवस्थामा फेला परेको थियो। 

घटनापश्चात् फरार रहेका उनीहरूलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको हो। घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ उनीहरूको कोठाबाट भदौ २१ गते बरामद गरिएका डीएसपी चन्दको भनाई छ। उनीहरूमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।