घटना

भारतीय नायिका मलाइकाका बुवाको सातौं तलाबाट खसेर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नयाँ दिल्ली : अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको बुधबार मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ। अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे।

लोक कल्याणकारी विज्ञापन

अनिल अरोराको मृत्युपछि मलाइका पूर्वपति अरबाज खान घटनास्थल पुगेका थिए।

लोक कल्याणकारी विज्ञापन

क्राइम ब्रान्चका डीसीपी राज तिलक रोशनले बान्द्रामा बस्ने अनिल अरोराको मृत्यु भएको पुष्टि गरेका बीबीसी समाचारमा उल्लेख छ। बालकनीबाट खसेर उनको मृत्यु भएको हो।

बिज्ञापन

घटनालगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेको थियो। उनको मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्नेबारे अनुसन्धान भइरहेको छ। घटनाका बेलामा मलाइका अरोरा पुणेमा थिइन्। अनिल अरोराका पिता सेवानिवृत्त आर्मी अफिसर हुन्। 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन