घटना

पूजाको प्रसादी खाँदा झापामा ५९ जना बिरामी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बिर्तामोड, भदौ २७ गते । झापाको अर्जुनधारा नगरपालिका ९ खरबन्दीमा  पूजाको प्रसाद खाएकामध्ये  फुड पोइजन भएर ५९ जना गाउँले र आफन्त बिरामी परेका छन्  । मङ्गलवार दिनभरजसो फुड पोइजन भएर बिरामी हुँदा  बिरामी परेका  ५९ जनामध्ये बिहीबारसम्ममा ५२ जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । 

अर्जुनधारा ९ स्थित खरबन्दीमा मङ्गलवार स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म छन् ।

बिज्ञापन

बिरामी परेका अधिकांश बिरामीको  कालिस्थानस्थित क्लिनिकमा उपचार भएको थियो भने  स्वास्थ्य अवस्था नाजुक हुनेहरूलाई  बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 बिरामीमध्ये स्थानीय १६ वर्षीय  नीरज निरौला, ५२ वर्षीय  कमला कटवाल, वर्ष २४ की विद्या कटवाल, वर्ष ९ का उत्सव काकी, वर्ष ८ की आहना भट्टराई,  वर्ष ७ का राजन आचार्यलगायत ५२ जना डिस्चार्ज हुँदा  हुँदा सोही स्थान वर्ष १८ की गोमा भुजेल, वर्ष–५५ की दुर्गा भुजेल, वर्ष ४० की तारा बस्नेत, वर्ष १५ का रिवस बाराकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा, वर्ष ४१ की गोमा भट्टराई र २६ वर्षीय मनिता कार्कीको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनीहरूको अवस्था पनि सामान्य रहेको इलाका प्रहरी कार्यालय अनारमनीले   जनाएको छ  । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।