डोटीमा दूध बेच्न गएकी बालिका खोलाले बगाएर बेपत्ता
लोक कल्याणकारी विज्ञापन

दिपायल, भदौ २८ गते । डाेटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । जिल्लाको केआईसिंह गाउँपालिका ४ कार्कीगाँउकी महामति चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार गाउँको बायल बजारमा दूध बेच्न जाने क्रममा बालिकालाई बन्ने खोलाले बगाएको हो । शुक्रवार बिहान ७ः ४५ बजे बालिकालाई खोलाले बगाएर बेपत्ता पारेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनु भयो ।
बिज्ञापन

बालिकाको खोजी कार्यका लागि प्रहरी नायब निरीक्षक कुलवीर बोहराको नेतृत्वमा टोली खटाइएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
