कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारियो

धनगढीः कैलालीमा बाढीबाट जोखिम परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्लाको जानकी गाउँपालिकामा बाढीबाट जोखिम ५१ परिवारलाई सुरक्षीत स्थानमा सारिएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार पुर्व सूचनाका आधारमा जानकी गाउँपालिका वडा नम्बर-४ गिरधरपुरका ३५ घर र वडा नम्बर-७ फरेलाका १६ घर परिवारलाई सुरक्षित भवनमा सारिएको जनाएको छ।

वडा नम्बर-४ का वडा अध्यक्ष दिपेन्द्र कुमार कठरियाका अनुसार उक्त स्थानमा पथरिया नदीको पानी पसेको जनाएको छ। जोशीपुर गाउँपालिकाको वडा नम्बर-४ को वाणी र पटाउप गाउँमा र ३ को भित्तरिया गाउँमा पथरैया र काँढा नदीको बाढि पसेको र अहिलेसम्म त्यँहाको जन जीवन सामान्य रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी सिवराज जोशीले बता
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
