आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन महेन्द्रनगरमा भव्य सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

महेन्द्रनगर, १० असोज । सन्त निरंकारी सत्संग भवन महेन्द्रनगरमा भव्य सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा देहरादूनबाट आउनु भएका ज्ञान प्रचार भरत बहादुर ठाकुरले हरदेव बाणीको सहारा लिदै भन्नुभयो कि बाबा हरदेव सिंह जी महाराजका एक–एक शब्दहरु अमूल्य रहेका छन् । चाहे हामी हरदेव बाणीको अध्यायन गर्छौ वा अवतार बाणीको अध्ययन गर्छौ जतिपनि सत्य रहेको त्यो अंकति छ, चाहे बाबा अवतार सिहं जी हुन वा चाहे बाबा हरदेव सिंह जी । किनभने उनीहरुले एक–एक शब्दको अनुसार आफ्नो जीवन बाँचे थिए । सत्गुरुले चहान्छ पनि यहि कि मेरा जतिपनि सन्त, महात्मा, गुरसिखहरु छन्, जसले पनि यो ब्रम्हज्ञानलाई प्राप्त गरे, निरंकार प्रभुको दर्शन गरे उनीहरुको जीवन पनि जस्तो हाम्रो छ, त्यस्तै उनीहरुको पनि हुनु पर्छ । जब सत्गुरु बाबा हरदेव लगाएत त्रिमूर्ति मंसुरीमा आउनु हुन्थ्यो, तब बाबा जीले हामी सबैलाई सम्झाउनु हुन्थ्यो कि ब्रम्हज्ञान गराउनु कुनै मुश्किल काम होइन अर्थात जोपनि सत्गुरुको शरणमा आउँछन् उनीहरुलाई ब्रम्हज्ञानको प्राप्ति सरलता पूर्वक हुन जान्छ । तर कुरा यहाँसम्म मात्र सिमित छैन कि ब्रम्हज्ञान पाईहाल्यौं, गुरुको दर्शन गरिहाल्यौं, ब्रम्हज्ञान दिनुभन्दा पहिले पाँच प्रण दिइएको हुन्छ, त्यस अनुसार ब्रम्हज्ञान पाईसकेपछि आफ्नो कर्मलाई पनि त्यस अनुसार जीवनलाई डो¥याउनु पर्छ । ब्रम्हज्ञान पाएर वर्षौसम्म त्यसलाई सम्झन सक्दैनौ भने ब्रम्हज्ञान लिएको कुनै फाईदा हुँदेन । ब्रम्हज्ञानी सन्तहरुको मुखारवृन्दबाट निस्किएको अमूल्य वचनलाई जीवनमा ढालेर कर्म गर्छौभने मानव जीवन सफल हुन्छ । जीवन सफल गर्नको लागि ज्ञानको गहिराईमा डुब्की लगाउनु पर्दछ । जसले पोखरी वा नदीमा गएर डुबल्कि लगाउँछ, त्यसले नै शितलताको अनुभव गर्न सक्छ तर जो पोखरी वा नदीको छेऊमा उभिएर केवल शितलताको कल्पनामात्र गर्छ भने त्यसले शितलताको अनुभव गर्न सक्दैन । उसलाई शितलता वा ठण्डकको आनन्द लिनको लागि पोखरी वा नदीमा जानु नै पर्ने, त्यहाँ डुबल्की लगाउनु पर्ने छ जसबाट उसलाई वास्तविक शितलता वा डण्ककको आनन्द लुट्न सक्छ । त्यस्तै प्रकार केवल ब्रम्हज्ञान लिएर मात्र कुनै फाईदा छैन जबसम्म हामी त्यस मुताबिक आफ्नो कर्मलाई अगाडि बढाउँदैनौ । ब्रम्हज्ञानको अनुसार कर्मलाई पनि जीवनमा ढाल्नु पर्दछ । सत्गुरुले हामीलाई प्रेम गर्न सिकाउनु भएको छ, सबैसंग मिठो बोलीको व्यवहार गर्न सिकाउनु भएको छ । प्रेमबाट नै यस निराकार–परमात्मालाई पाउन सकिन्छ । त्यसैले हामीले सबैसंग प्रेमको भाषा बोल्नु पर्छ । निरंकारी मिशनले आज हामीलाई यही करा सिकाई रहेको छ । जब बाबा बूटा सिंह जीले कहान सिंह जीबाट ब्रम्हज्ञान पाउनु भयो तब उनले रातदिन यसको प्रचार–प्रसार गर्नुभयो । उनलाई नचाहने पनि धेरै थिए तर सबैलाई प्रेम पूर्वक यस मिशनमा सहभागिता गराएर मिशनलाई अगाडि बढाउनु भयोे ।

बिज्ञापन

उहाँले निरंकारी मिशनको इतिहासको बारेमा बताउँदै भन्नुभयो जब बाबा बूटा सिंह जी दिल्लीको पहाडगंजमा आउनु भयो, त्यति बेला सानो कोठामा सत्संग हुने गथ्र्यो । बाबा जीसंगै त्यति बेला पाकिस्तान छोडेर भारत आएका अन्य सन्तहरुको घरमा एक दिन बाबा जी जानु भयो तर त्यस घरमा बसोबास गर्ने सन्तको घरमा कुनै खाद्यन्न थिएन । सबै भाँडाहरु खाली थिए । त्यस घरका सन्त परिवार निकै विचलित भएकि बाबा जीको सेवा कसरी गरौं, उनलाई के खुऔं । बाबा जीलाई घरमा बसाल्नु भयो र पानी दिनुभयो । हामी सबैलाई थाह छ कि सत्गुरु निकै दयालु हुने गर्दछ । सत्गुरु बाबा बूटा सिंहले धनि–गरीब सबैको मद्दत गर्नु हुन्थ्यो । त्यस घरकी बहिन्जी रुन थालिन र मनमनै सुमिरण गर्न थालिन कि आज म आफ्नो सत्गुरुलाई के खुवाऔं । डब्बामा केवल अतिकता मात्र धुलो छ त्यो अपुग छ । तैपनि ती बहिन्जीले रोटी हालिन तर रोटीसंग खाने केहि पनि थिएन । उनले नून खुर्सानीको चट्नी बनाउनु भयो तर बाबा जीलाई दिन झिझक मानि राख्नु भएको थियो । सत्गुरु अन्र्तयामी भएकोले ती बहिन्जीको मनसाई बुझेर भन्नुभयो प्रसादीको समय भइहाल्यो, होइन र ? महापुरुष कहाँ जानु भयो ? त्यसै समय ती महापुरुष पनि टुपुक्क आइपुगे । बहिन्जी अरु हडबडाउन भयो र आफ्नो श्रीमानलाई आँखाबाट ईसारा गरिन र भान्छा कोठामा लिएर गईन र भनिन कि हामीसंग दुईटा रोटी मात्र छ । बहिन्जीले बाबा जीलाई प्रसाद दिइन र आफूहरु अगाडि बसेर सुमिरण गर्न थाले । बाबा जीले संगै बसेर प्रसादी गर्न आग्रह गर्नुभयो तर बहिन्जीले भन्नुभयो बाबा जी हामीसंग अरु केहि खाने कुरा छैन, अलिकता धुलो थियो, त्यहि धुलोको दुईटा रोटी हाले । हामीसंग कुनै काम पनि छैन, गुजारा कसरी चलाउने होला, हामीलाई भरपूर आशीर्वाद दिनुहोस । बाबा जीले पहिले नै सबैकुरा थाह पाईसक्नु भएको थियो, किनकी सत्गुरु अन्र्तयामी हुने गर्दछ । पछि बाबा जीले उनीहरुलाई भरपूर आशीर्वाद दिदै भन्नुभयो कि एक दिन यस्तो समय आउने छ, तिम्रो घर धन–सम्पत्तिले भरिपूर्ण हुने छ, सन्तहरुको सेवा–सत्कार गर्दै जाउँ अवश्य पूरा हुने छ, उहाँले भन्नुभयो । पछि गएर त्यहि परिवार धन–सम्पत्तिले आनन्दित भएर जीवनभरि सन्तहरुको सेवा गर्दै गए ।

सत्संगमा सितल एण्ड पार्टी, गुलाब, उर्मिला, गुमान कविता, कृष्ण, उत्तम, करन, मिना, खुशीराम, गायक तेज बहादुर, नवराज, रेनुका, नन्द सिंह, सन्त निरंकारी मण्डलका केन्द्रिय सदस्य देवराज रिमाल, प्रेम, सपना, गोपी, सोना, मान सिंह, शंकर, सन्तोष, विर बहादुर र भक्त सुनारले आ–आफ्नो भाव प्रकट गरेका थिए भने कार्यक्रमको संचालन लक्ष्मी बि.क.ले गर्नुभएको थियो ।

डडेल्धुरामा वृहत सत्संग सम्पन्न
डडेल्धुरा, १० असोज । डडेल्धुरामा बेलुका वृहत सत्संग सम्पन्न भएको छ ।

डडेल्धुराका एक जना स्थानीय सन्तको घरमा आयोजित सत्संग कार्यक्रममा देहरादूनबाट आउनु भएका ज्ञान प्रचारक भारत बहादुर ठाकुरले भन्नुभयो कि सत्गुरुको बचनलाई सधैं मानेर अगाडि बढ्नु पर्दछ, मनमतको अनुसरा जीवनलाई डो¥याउनु हुँदैन । यसैबाट हाम्रो जीवनको कल्याण सम्भव छ । मनमतको अनुसार अगाडि बढ्छौ, त्यसै अनुसार कर्म पनि गर्छौ भने त्यसबाट हामीलाई सुख–शान्ति प्राप्त हुन सक्दैन । आज मानव मनमतलाई नै सर्वोपरी ठानेर मनले जे खोज्यो त्यहि गर्नाले सुख–शान्तिलाई प्राप्त गर्न सकिरहेको छैन, चारैतिर भौतारिनु परिरहेको छ । मनको अनुसार हिड्छौ भने शुरु–शुरुमा त हामीलाई आनन्द आउने गर्दछ र हामी सोच्छौ मेरो मनको अनुसार काम भइरहेको छ तर जति–जति हामी आफ्नो कर्मलाई अगाडि बढाउँदै जान्छौ, त्यति–त्यति अनेकौं प्रकारका दुःख, कष्ट, हानिका साथै विभिन्न प्रकारका भ्रम–भुलेखाहरुमा फस्दै जान्छौ । यो संसार मायारुपी संसार हो । माया हामीसंग कुनैपनि रुपमा आउन सक्छ जसबाट हाम्रो जीवन दुःखको शिकार हुन जान्छ र हामी चौरासी लाख योनिमा फसिरहन्छौ । त्यसैले हामीले आफूलाई जागृत गरेर यस माया–मोहबाट टाढा भएर सत्गुरुको वचनलाई जीवन ढालेर त्यसै अनुसार अगाडि बढ्नु छ त्यसबाट जीवन आनन्दित बन्न सक्छ, उहाँले बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि ब्रम्हज्ञानको साथै हाम्रो व्यवहारिक जीवन पनि सही हुनु पर्दछ । हाम्रा बालबच्चाहरुलाई सही बाटोमा लगाउनु, राम्रो शिक्षा–दिक्षा दिनु, कुलतको बाटोबाट टाढा राख्नु, ज्ञानवान बनाउनुले नै एउटा बालक पछि गएर महान सन्त बन्न सक्छ, त्यसको जीवन सुखी हुन जान्छ । यही कुरा आज सत्गुरुले हामीलाई सिकाई रहनु भएको छ । आज संंसारमा जुन बुवा–आमाले अनेकौ दुःख–कष्ट सहेर आफ्ना बालबच्चाहरुलाई हुर्काए–बढाए, उनीहरुलाई शिक्षा–दिक्षा दिएका हुन्छन् त्यही बालबच्चा पछि ठुलोभएर बाबु–आमाको कुनै प्रवाह नगरेर उनीहरुलाई वृद्धा आश्रममा पु¥याउँछ भने त्योभन्दा ठुलो पाप संसारमा अरु केहि हुन सक्दैन । सत्गुरुले हामीलाई ब्रम्हज्ञानको साथै जीवन जिउने उपाय पनि बताई रहनु भएको छ । हामीले त्यसै अनुसार आफ्नो जीवन जिउनु पर्छ । घरमा आमा–बुवा, बृद्धा वा अन्य असायह व्यक्तिलाई रुवाएर हामी सेवा गर्न जान्छौभने त्यो सेवा सत्गुरुलाई स्वीकारकार्य हुन सक्दैन भनेर सत्गुरु माता सुदीक्षा जी भन्नु भएको उहाँले बताउनु भयो । संसारमा बोल्ने विद्वानहरु त धेरै छन् तर तिनीहरुलाई ब्रम्हज्ञानको वास्तविक गहिराई भने थाह छैन, व्यवहारिकता थाह छैन । केवल आफ्नो बोलाईमा नै सबैलाई मन्त्रमुग्ध पार्ने गर्दछन् तर त्यसबाट जीवनको कुनै सार्थकता छैन, उहाँले भन्नुभयो ।

ब्रम्हज्ञानको सम्बन्ध केवल आत्मासंग रहेको हुन्छ, शरीरसंग हुँदैन । ब्रम्हज्ञान न हिन्दु, न मुस्लिम, न सिख, न ईसाई, न बुद्धको लागि हो, न त गुजराती मराठी, हिन्दी, जातपात, धर्म, सुमुदायको लागि हो । यो ब्रम्हज्ञान केवल आत्माको लागि हो । जबसम्म आत्माको उद्धार हुने छैन तबसम्म आत्माको मुक्ति सम्भव छैन । चौरासी लाखको लाखको चक्कर जन्म–मरण त चल्दै रहने छ । यसर्थ, कसरी हुन सक्छ आत्माको मुक्ति ? यो केवल सत्गुरुको चरणमा आएर ब्रम्हज्ञान प्राप्त गर्नुबाट मात्र मानव मुक्ति सम्भव छ, उहाँले सम्झाउनु भयो ।


रश्मिला सिजापतिले संचालन गर्नुभएको सत्संग कार्यक्रममा पवन, प्रज्ञा, महिमा, गायक तेज बहादुर, कौशिला, सत्या, विकाश, विमल, कोपिला, सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, निरस, शोभा जीले भजन वा प्रवचनको माध्यमबाट आफ्नो भाव व्यक्त गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।