संसार ‘म र मेरो’ को भावनामा लिप्त छ– कोमल ओली

दाङ्ग, ४ भाद्र । पूर्व राष्ट्रिय सभाका पूर्व माननीय, नेकपा एमालेकी केन्द्रिय सदस्य तथा चर्चित गायिका कोमल ओलीले संसार ‘म र मेरो’ को भावनामा लिप्त भएको बताउनु भएको छ । सन्त निरंकारी मण्डल नेपालले दाङ्गको तुलसीपुरमा आयोजना गरेको ३५औं वार्षिक साधारण सभामा ओलीले उक्त कुरा बताउनु भएको हो ।

उहाँले आजको समाज निकै विचित्र रहेको बताउँदै समाजमा रहेका मानवहरु म र मेरोको भावमा लिप्त छन् । अधिकांश मानव जाति ‘म र मेरो’ को भावबाट बाँची रहेका छन् । म, मेरो, छोरा, मेरो परिवार, मेरो घर, मेरा गाडि, मेरो धन–सम्पत्ति आदिको आडम्बरमा हिरा जस्तो मानव योनिलाई कौडीको मूल्यमा गुमाई रहेका छन् । उनले महाभारतमा उल्लेख गरिएको कुरालाई उजागर गर्दै भन्नुभयो कि श्रीकृष्ण भगवानलाई कर्णले सोध्छन् कि यो कलियुग कसरी देखिन्छ, यसलाई कसरी थाह पाउने भन्दा भगवान श्रीकृष्ण भन्नु हुन्छ, ‘जाउँ भिम तिमी बाहिर डुलेर आऔं तिमीले जे देख्छौ, मलाई त्यहि भन ।’ भिम श्रीकृष्ण भगवानको आदेशको पालना गर्दै जानु हुन्छ र जेदेख्नु हुन्छ त्यहि भन्न खोज्नु हुन्छ तर एउटा विशेष कुरा चाहि उनी भन्न चाहन्छन् कि एउटा गाईले बच्छो जन्माई रहेको थियो र बच्छोलाई चाटी रहेको थियो । यहाँसम्म कि बाच्छाको शरीरबाट रगत आइरहेको थियो तैपनि गाईले त्यसलाई चाटी रहेको थियो । यस्तो दृश्य मैले देखे भगवान भनेर श्रीकृष्णलाई भन्नु हुन्छ । श्रीकृण भन्नु हुन्छ जब मानवले म–म भनेर अधिक प्रेम गरिरहेको छ, आफ्नो सन्तानलाई । आज हामी त्यहि कुराको आफ्नो मायामा अल्झिकाए छौ । हामी म–ममा नै अल्झिएर मानव योनि बिताई रहेका छौ । आफ्नो हित बाहेक अरुतिर ध्यान दिरहेका छैनौ । अन्त्यमा हाम्रो म र मेरा भन्दै प्राण जान्छ अनि हाम्रो यो हिरा जस्तो अनमोल जीवनलाई त्यसै गुमाउन पुग्छौ । म र मेरोको भावनाबाट मुक्ति पाउनको लागि एउटा सु–सस्कृति र सभ्य समाजको निर्माणको लागि हामीले हाम्रा सन्तानहरु जन्माए मात्र हुँदैन । उनीहरुलाई मानव बनाउनु आवश्यक छ । आज मानव दानविय कार्यतिर बढी अग्रसर भइरहेको छ । यो मानवियता बनाउने काम बाबा बूटा सिंह जीले सन् १९२९ मा एउटा आध्यात्मिक सोच बनाएर सिर्जना गरेको सन्त निरंकारी मिशनले संसारमा आनन्दलाई बाँडि रहेको छ, विश्वमा शान्ति फैलाई रहेको छ, विश्व भाइचाराको भावनाको बिजारोपण गरिरहेको छ । यही सन्त निरंकारी मिशनको लक्ष्य हो, आज यहि लक्ष्यलाई लिएर विश्वमा अगाडि बढि रहेको छ । बाहिरी रुपमा मानव सन्त निरंकारी मिशन कुनै धर्म हो कि, क्रिश्चायनिटी होकि, कुनै चीज खानु हुन्छ कि हुँदैन, विहे गर्नु हुन्छ कि हुँदैन आदि विभिन्न भ्रमको दृष्टिकोणबाट यसलाई हेरिएको आपूmले अरुबाट सुनेको तर आफूले यस मिशनको गहिराईलाई बुझ्दा यो कुनै धर्म वा सम्प्रदाय नभएर एक विशुद्ध आध्यात्मिक विचारधारा रहेछ । आपूmले वर्तमान सत्गुरु माता सुदीक्षा जी महाराजको पनि प्रवचन सुनेर आफू निकै प्रभावित भएको र उहाँका प्रवचनहरु निकै प्रभावकारी भएको बताउनु भयो ।


आज सन्त नरंकारी मिशनले आफ्नो ३५औ वार्षिक साधारण सभा मनाई रहेको छ, यो आफैमा निकै गर्भको विषय हो किनभने लामो समयसम्म धेरै संघ–सस्थाले आफ्नो गुणस्तरीय प्रभाव पार्न सक्दैनन् र केहि वर्षपछि ती विलाएर जान्छन् तर सन्त निरंकारी मिशनले आज ३५औ वार्षिक साधारण सभा मनाई रहदा पनि त्यसमा आफ्नो गुणस्तरको कुनै कमि नभएको अभास भैरहेको छ । धेरैभन्दा धेरै ठाउँमा आफ्नो आध्यात्मिक प्रभाव पार्दै अगाडि बढी रहेको छ, यो निकै खुशीको कुरा हो । सन्त निरंकारी मिशनले मानवलाई मानव बनाई रहेको छ, मानवलाई शान्तिको बाटोमा डो¥याई रहेको छ, मानवको जीवनलाई सेवा भावमा तल्लिन गराउन, संसारमा एक पटक जन्मिएको मानव योनि श्रृष्टि कै उत्कृष्ट योनि हो र यसलाई समाज कार्यमा लगाई आत्मालाई परमात्मासंग मिलन गराई मानव योनिको उत्थान गरिरहेको छ । मानवलाई चरित्रवान बनाई रहेको छ, संसारका सबै मानव हामी एक हौ, यहाँ कोहि आफ्नो विरान नभएर सबै एक हौं, सबैको ईज्जत गर्न सिक्नु पर्छ भन्ने पाठ आज सन्त निरंकारी मिशनले फैलाई रहेकोमा आफूलाई निकै खुशी लागेको र यस्तो पवित्र संस्थामा सहभागी हुन पाउँदा आफूलाई गर्भ महसूस भएको बताउनु भयो ।
समय निकै बलवान भएकोले हामीले समयसंगै आफूलाई डो¥याउँदै आत्माको नाता परमात्मासंग गाँस्नु पर्दछ । यसबाट आत्मालाई वास्तविक सुख–आनन्द प्राप्त हुन जान्छ । सबैमा खुशीयालीको वातावरण छाउँछ । विश्वमा भाइचारको भाव फैलिएर संसार नै स्वर्ग बन्न जान्छ भन्दै उहाँले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो ।
तुल्सीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल रहनु भएको थियो । आर्थिक वर्ष २०८० ÷०८१ मा सन्त निरंकारी मण्डल नेपालले गरेका आध्यात्मिक तथा सामाजिक कार्यक्रम सहितको वार्षिक प्रतिवेदन केन्द्रिय सचिव अनिल महर्जनले साधारण सभामा पेश गर्नु भएको थियो । त्यसैगरी २०८०÷०८१ आयव्यय सहित २०८१÷०८२ को अनुमानित आय विवरण केन्द्रिय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सहसचिव नर बहादुर वि.क. ले गर्नु भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.