अवर्गीकृत

चेकजाँचमा कैलाली प्रहरीले कडाइ गर्दै, २६८ ड्युटी परिचालनको तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः चेकजाँचमा जिल्ला प्रहरी कार्यालय कैलालीले कडाइ गर्ने भएको छ। हिन्दुहरुको महान चाड वडा दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै चेकजाँचमा कडाइ गरिने भएको हो।

महान पर्वलाई  लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार तीन ठुला पर्वलाई लक्षित गर्दै सुरक्षा योजना तयार पारिएको हो। उक्त योजनाअनुसार जिल्लाभर साढे आठ सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए।

बिज्ञापन

दशैदेखि छठ पर्वसम्म जिल्लामा चोरी, डकैती, जुवातास, मदिरा सेवन, लागुऔषध सेवन नियन्त्रण, अपराधिक घटना न्यूनीकरण गर्दैै नागरिकलाई सुरक्षा प्रदान गर्न नियमित चेकजाँच बढाइने उनले बताए। जिल्लाभर २६८ ड्युटी परिचालन गर्ने योजना छ। प्रहरी उपरीक्षक (एसपी)को कमाण्ड हुने गरि कार्यालय सुरक्षा, रिजर्व फोर्स, इलाका प्रहरी कार्यालयसम्म जनशक्तिअनुसार स्टेन्ट बाई, पिकेट, साइकल गस्ती, मोबाइल गस्ती समेत परिचालन गरिने बिष्टले बताए।

सुरक्षा योजना अन्तरगत क्युआरटी, जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट सादा पोशाकमा पनि छुट्टै टोली परिचालन, भारतबाट फर्किने तथा विभिन्न गन्तव्यमा जाने यात्रुको सहजीकरणका लागि सीमा नाकासहित १० ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिने योजना समेत छ। भारतबाट फर्किने यात्रुको सहजताका लागि त्रिनगर सीमा नाकासहितका सीमा क्षेत्रका पाँच स्थानमा चेक प्वाइन्ट सञ्चालन गरिनेछ।मेला पर्व, बैँक तथा वित्तिय संस्था, सुनचाँदी पसल, मोबाइल पसल लक्षित गरेर गस्ती पेट्रोलिङ्क बढाइने कैलाली प्रहरीले जनाएको छ। जुवातास, मदिरा तथा लागुऔषध नियन्त्रणका लागि छुटै समूह बनाएर परिचालन गर्ने, बजार अनुगमनमा जिल्ला प्रशासनलाई सघाउन छुट्टै समूह र राजमार्ग क्षेत्रमा हुने भीभीआइपी र भीआइपीको स्कटिङ्क गर्न पनि छुट्टै टोली बनाइएको प्रहरी उपरीक्षक बिष्टले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।