हामी सबैमा मानवीयता संरक्षण गर्ने इच्छा प्रवल भएर आओस– रेखा शर्मा (लुम्बिनी प्रदेश सभा सदस्य)

दाङ्ग, ४ असोज । हामी सबैमा मानवीयता संरक्षण गर्ने इच्छा प्रवल भएर आओस । लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले सन्त निरंकारी मण्डल नेपालको ३५औं वार्षिक साधारण सभालाई सम्बोधन गदै उक्त कुरा बताउनु भएको हो । दाङ्गको तुलसीपुरमा आयोजित सभामा उहाँले मानव जातिमा यो संस्कारको विकास होस, संसार मानव काल्याणमा दृढ भएर अगाडि बढोस, मानवलाई मानवले सम्मान गर्ने बानिको विकास होस । हामी सबै एउटै ईश्वरका सन्तान हौ, कसैमा पनि आफ्नो–विरानोको दूर भावना नपलाओस भन्दै उहाँले मिशनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

हामी जस्तो सुकै ठाउँमा बसोबास गरेका भएपनि, जस्तोसुकै भेषभूषा, खानपान, रहनसहन, संस्कृति भएपनि हामी सबै मानव हौ । मानव भएर हामी मानव कल्याण कार्यमा जुट्नु पर्दछ, जुन कार्यमा यो मिशन निरन्तर लागि परेको छ । मानव कल्याणमा जुट्नु नै मानव र धर्मको संरक्षण गर्नु हो । त्यो महान कार्यमा लाग्न तपाईहरु यो आत्मरुपी भगवान निराकारसंग रुबरु हुनु भएको छ, यो एउटा महान कार्य हो । यस्तो महान कार्यमा सहभागि हुन अझै जोश, जाँगर, हौसला आदि बढोस र यो निरंकारी मिशनलाई अरु धेरै ठाउँमा बढाउन अरु शक्ति प्रदान होस भनि शुभकामन दिनुभयो ।

त्यस्तै सन्त निरंकारी सत्संग भवन तुलसीपुर दाङ्गकी मुखी शारदा जिसीले सन्त निरंकारी मण्डलको ३५औं साधारण सभालाई दाङ्ग जिल्लामा आयोजना गर्न पाउँदा आफू ह्दयदेखि खुशी भएको महसूस गर्दै व्यवस्थामा कुनै कुराको कमि–कमजोरी रहन गएको भए त्यसको लागि क्षमा–याचना गर्नुभयो । तुलसीपुर भवन निर्माणमा स्थानीय, प्रदेश सरकारबाट पु¥याएको सहयोगप्रति आभार प्रकट गर्दै अगागी दिनहरुमा पनि यस्तै सहयोग र साथ रहने अपेक्षा राख्नुभयो । दाङ्ग, रोल्पा, सल्यान आदिका सन्त महात्माहरुले कार्यक्रम संचालनको लागि आफूले सक्दो सहयोग पु¥याएकोमा ह्दयदेखि नै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.