आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन सफेबगर अछाममा वृहत सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

असोज, १२ साफेबगर (अछाम) । सन्त निरंकारी सत्संग भवन सफेबगर अछाममा वृहत सत्संग सम्पन्न भएको छ । उक्त अवसरमा भारतको देहरादूनबाट आउनु भएका ज्ञानप्रचार भरत बहादुर ठाकुरले सत्संगलाई सम्बोधन गर्दै भन्नुभयो कि आज निकै खुशी लागि रहेको छ नेपालमा सन्त निरंकारी मिशनको आरम्भ यसै अछाम जिल्लाबाट भएको हो र सत्गुरुले आफूलाई यहाँ आउने मौका दिनुभएकोमा । सोचनिय कुरा यो छकि यसको प्रचार कसरी भयो ? यो ब्रम्हज्ञानलाई फैललाउनको लागि यहाँका सन्तहरुले के कति मिहिनेत गरे ? त्यसबेला यहाँका मानवहरुलाई ब्रम्हज्ञानको बारेमा कुनै थाह थिएन । भनिएको पनि छ जहाँ सत्य छ, त्यहाँ असत्य पनि छ । मानव जीवनमा दुई पहलुहरु रहेका हुन्छन् एक घाम र अर्को छाया । त्यस्तै जहाँ दुःख रहेको हुन्छ, त्यहाँ सुख पनि रहेको हुन्छ । जन्मनु छ त मर्नु पनि छ, राम्रो पनि छ नराम्रो पनि छ, लाभ छ त हानी पनि छ । त्यस्तै परमात्मा छ भने अर्को रुप पनि हुनु परयो । त्यसै कारण सत्गुरु साकार रुपमा मानव कल्याणको लागि प्रकट हुनुभएको छ । ब्रम्हज्ञानको ज्योतिले अन्धकार रुपी अज्ञानतालाई हटाएको हुन्छ । चारैतिर ब्रम्हज्ञानको उज्यालोले उज्यालै उज्यालो हुन्छ । त्यस्तै प्रकारले सत्गुरुबाट पाएको ज्ञानलाई संसारमा फैलाउनको लागि सन्तहरुले अनेकौ प्रयत्नहरु गरेका हुन्छन् चाहे दुःख आओस, पिडा होस वा कुनैपनि समस्या आओय उनीहरु पछि हट्दैनन् । भोक, तिर्खा, आँधी, शारीरिक कष्टको कुनै प्रवाह गर्दैनन् । आज यहि उद्देश्यको पूर्तिको लागि सन्तहरु त्यति बेला पनि लागि रहे जसबाट आजको अवस्थामा मिशन पुग्न सफल भयो । सत्गुरुले हामीलाई केवल प्रेम गर्न सिकाउनु हुन्छ । जब हामीलाई ब्रम्हज्ञानको प्राप्ति हुन्छ त्यसपछि सेवा, सत्संग, सुमिरण गर्नलाई भनिन्छ र त्यसबाट नै हाम्रो मानव चोला सार्थक हुन जान्छ । जतिजति हामी सत्संग गर्दै जाउला त्यतित्यति हामीलाई ब्रम्हज्ञानको समझ आउने छ । सत्संगमा जीवनलाई सुधार गर्नको लागि आइन्छ । ब्रम्हज्ञानको अनुसार जीवन जिउछौभने हामी पक्कै पनि मुक्तिका हकदार कहलाउने छौ, उहाँले सम्झाउनु भयो ।

सत्गुरु बाबा हरदेव सिंह जीले पूरा ३६ वर्षसम्म आफ्नो शरीरको कुनै प्रवाह नगरेर, उकाली–ओराली, डाँडा–काँड, दिन–रात, भोक–तिर्खाको कुनै प्रवाह नगरेर पूरा विश्वमा यस ज्ञानलाई फैलाउनु भयो । सबै ठाउँमा प्रेम–नम्रता, विश्वभाइचारलाई बाँड्नु भयो । हामी सबै एक ईश्वर परमात्मा निराकारका सन्तान हौ, त्यसैले हामी सबै एक परिवार हौ भनेर सबैमा एकत्वको भावनाको जागृति गराउनु भयो, उहाँले प्रष्ट पार्नुभयो ।

बिज्ञापन

ब्रम्हज्ञानी महात्मा कमल जी जो मिशनमा भिडियो ग्राफि गर्नुहुन्थ्यो, उहाँको कार्यको स्मरण गर्दै भन्नुभयो कि कुनै एउटा भिडियोमा एक बुजु्रक आफ्नो हातका मुठि बन्द गरेर आँखाबाट आँशु छल्काउँदै पूरा ध्यान सत्गुरुतिर गरेर कतिखेर म सत्गुरुको चरणमा नतमस्तक भएर आशीर्वाद ग्रहण गरु भन्ने चहानामा उनी ललाईत देखिन्थे । पछि बाबा जीले उनलाई बोलाएर चरण लुट्ने मौका दिनुभयो । उनले आफ्नोे हात खोल्दा त्यसमा बत्तिको टुक्रा थियो । यसरी सत्गुरु अन्र्तयामी हुनुहुन्छ, उनलाई हाम्रो सबै कुरा थाह हुन्छ । सत्गुरु प्रेमका भोका हुन्छन्, उनलाई प्रेम चहिन्छ र सबैलाई प्रेम बाँड्नु हुन्छ । सत्गुरुको कृपा नभए हामीलाई प्रेमको भावना पनि कहाँबाट आउँथ्यो । प्रेमबाट नै सबैसंग व्यवहार गर्नु पर्दछ । कसैसंग पनि रिस–रागको भावना राख्नु हुँदैन । तब मात्र हामी विश्वमा भाइचारा स्थापना गर्न सक्छौ, उहाँले बताउनु भयो ।

बाबा जीले सेवादलहरुलाई भन्नुहुन्थ्यो कि मलाई संख्याको कुनै आवश्यक छैन, मलाई गुणस्तरको आवश्यक छ । सन्तको संख्या मात्र बढ्नु त्यो ठुलो कुरा होइन, संख्या बढ्नुको साथै त्यसमा गुणस्तर पनि चाहिन्छ तब हामी मिशनलाई अरु अगाडिसम्म लिएर जान सक्छौ । एउटै राम्रो भक्तको विचारले थुप्रै मानवलाई ब्रम्हाज्ञान दिएर सत्गुरुको शरणमा ल्याउन सकिन्छ । जस्तै प्रकारले अछामका पुरातन महात्माहरुले मिशनलाई फैलाउनको लागि अनेकौं दुःख–कष्ट, जेल–नेल सहनु परयो, उनीहरुमा कुनै विचलन आएन र सत्गुरु सन्देश फैलाउनुमा लागि परे । अन्तमा एक–दुई गर्दै यत्रो जमात अछाममा सन्तहरुको हुनपुग्यो । विभिन्न ठाउँमा सत्संग भवनको निर्माण भएका छन् । यो नै गुणस्तरीय सन्तहरुको उदाहरण हो, उहाँले बताउनुभयो ।

मंसुरीमा भएको एक घटनाको स्मरण गर्दै उहाँले भन्नुभयो कि एक दिन बाबा गुरवचन सिंह जी महाराज सन्त तथा सेवादारका जवानहरुसंगं मंसुरी भवनमा आइराख्नु भएको थियो । त्यतिबेला वर्षाको समय पनि थियो । बाटोमा एउटा खाल्डोले गर्दा आवत–जावत गर्नुमा निकै समस्या भइरहेको थियो तब बाबा जीले भन्नुभयो कि यस खल्डोलाई पुर्न सकेको भए राम्रो हुने थियो । साथमा रहेका सबैले जी, जी भनेर अगाडि बढे, त्यतिबेला सत्गुरु बाबा हरदेव सिंह जी भोलाको नामले चिनिनु हुन्थ्यो, उहाँ पछाडि हुनुहुन्थ्यो उहाँले कसैलाई थाह नदिइकन त्यो खाल्डोलाई पुरेर आउनु भयो । वर्षाको समय भएकोले कपडमा हिलो लाग्न पुग्यो, जसबाट बाबा गुरवचन सिंह जी लगाएत सबैले उनले गरेको कार्य थाह पाए । त्यस्तै एक पटक मंसुरी भवनमा फोहोरको टुक्रा परेको थियो, सत्गुरु माता सविन्दर जीले आफैले फोहोरको टुक्रालाई उठाएर फोहोरको डब्बामा हाल्नुभयो । यो देखेर सबै सन्तहरु अचम्मित परेका थिए । यसरी जो शिक्षा सत्गुरुले हामीलाई दिनुभएको छ त्यो हामीले आफ्नो व्यवहारमा पनि लागु गर्नु जरुरी छ । आज सत्गुरु माता सुदीक्षा जी महाराजले किन भनिराख्नु भएको छ कि हामीले सहनशाह वालो युग ल्याउनु पर्दछ । सहनशाह वालो युग सतवचनी वालो युग थियो । त्यो सतवचनी वालो युगलाई ल्याउनको लागि हामीले पनि सत्यमार्गमा हिड्नु जरुरी छ । भनिएको छकि काँधमा काँध मिलाएर हिड्नु छ । यदि हामी तेरोमेरो, सानो–ठुलो भन्छौ भने काँधमा काँध कसले मिलाउने अर्थात सतवचनीमा कसले हिड्ने ? यसैले पहिले हामी आफ्नो कर्मलाई सत्गुरुको वचन अनुसार पालन गरौं, सत्गुरुको जस्तो आदेश आउँछ, यताउता नगरेर त्यस्तै पालन गर्दै जान्छौ भने हामी अवश्यपनि फेरि सतवचनी युगलाई ल्यान सक्छौ भन्दै उहाँले आफ्नो विचार राख्नु भयो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, अछामका जिल्ला संयोजक जय बहादुर साउँद, ज्ञानप्रचारक पूर्ण बहादुर स्वाँर, साफेबगर सत्संग भवनका मुखी मनिलाल, मोतीराम, राम बहादुर, तेज बहादुर, नैन, लाल, कासीराम, नर बहादुर, धर्म सिंह मुखी लुंग्रा, कष्ण खड्का, कुल बहादुर, झंकर, महेन्द्र, खम्म, एकेन्द्र, रुपराज, गायक तेज बोहरा र देहरादूनबाट आउनु भएकी गीतकार तथा गायक शोभा ठाकुरले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन नन्दलाल कुँवरले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।