अवर्गीकृत

पूर्वराजाको सुझाव- प्रकृति र प्रवृत्ति अनुसार विकास प्रक्रिया अगाडि बढाउनुपर्छ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी, पहिरोबाट देशभरि पुगेको मानवीय र भौतिक क्षतिप्रति दुख प्रकट गरेका छन् । मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचारका लागि उनले राज्यको ध्यानाकर्षणसमेत गराएका छन् ।

पूर्वराजाद्वारा जारी वक्तव्यमा भारी वर्षाको पूर्वसूचना हुँदाहुँदै अग्रिम तत्परता र पूर्वप्रतिकार्य नहुँदा ठूलो मानवीय भौतिक क्षति हुनु दुखद कुरा भएको उल्लेख छ ।

बिज्ञापन

वक्तव्यमा भनिएको छ, ‘विगत तीन चार दिनदेखि आएको अविरल भारी वर्षातका कारण उपत्यका लगायत देशको हिमाल, पहाड र तराइका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरै सर्वसाधारण नेपालीको जीवन गुमेको, घाइते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको सुन्नु पर्दा हामीलाई अत्यन्त पीडाबोध भएको छ ।’

नेपालजस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक वर्ष हुने शाहले उल्लेख गरेका छन् । रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्ने उनको भनाइ छ ।

‘दशै तिहार जस्ता हाम्रा महत्त्वपूर्ण पर्वहरू निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक सञ्जालहरू अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएकोप्रति पनि हाम्रो गम्भीर चासो रहेको छ,’ वक्तव्यमा भनिएको छ, ‘साथै यो स्थितिमा हामी मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचार हुनुपर्ने धारणा राख्दै अस्तव्यस्त जनजीवनलाई सुधार गर्नेतर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ ।’

प्रकृति, परिवेश र प्रवृत्तिअनुरूप विकास प्रक्रिया अघि बढाउनुपर्ने सुझाव पूर्वाराजाले दिएका छन् ।

उनले भनेका छन्, ‘आफ्नो परिवेशमाथि खेलबाड हुने बस्ती, व्यवस्था र विकास गतिविधिले विपत्ति र विनाश मात्रै निम्त्याउँदछ । त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ । शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था, निगरानी पुगोस् भन्ने हाम्रो चाहना छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।