घटना

तमोर नदीमा २ महिलाको शव भेटियो, पहिचा खुल्न बाँकी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनकुटा : मुलघाट स्थित तमोर नदीमा शव भेटिएको छ । धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा महिलाहरुको शव भेटिएको हो । 

शवको पहिचान खुलेको छैन । छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भइरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । केही दिनयताको अविरल वर्षाले तमोर नदीमा बाढी आइरहेको छ । छिमेकी जिल्लाबाट शव बगाएर ल्याएको हुनसक्ने आंशका गरिएको छ । 

बिज्ञापन

शवलाई पोस्टमार्टनको लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ । बिहान करिव ८:३० बजे शव भेटिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । शव भेटिएको स्थान मुलघाटदेखि करिव १ किलोमिटर पश्चिममा रहेको छ । त्यस्तै चौबीसे गाउँपालिका वडा नं. ४ स्थित फलामेटारमा तमोर नदीमा एक महिलाको शव भेटिएको प्रजिअले बताए । आजै बिहान करिव ११ बजे शव भेटिएको जानकारी प्राप्त भएको छ । अहिले घटनास्थलमा तेह्रथुम बसन्तपुरबाट सुरक्षाकर्मी टोली गइरहेको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।