घटना

पहिरोमा पुरिएर एकै परिवारका आठजना बेपत्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बनेपा, असोज १२ गते । काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् । वर्षासँगै शनिवार दिउँसो घरमाथिबाट आएको पहिरोका कारण स्थानीय सानुमान तामाङको घर पुरिएको हो । 

स्थानीय सर्वोद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञान्जमान लामाले पहिरोले सानुमान तामाङ, उहाँका छोरा मानदिप तामाङ, सर्वोद्धार माविको कक्षा २ मा अध्ययनरत छात्रा प्रिया तामाङसहित उनका परिवारका आठै जना पुरिएर वेपत्ता भएको बताउनुभयो । उहाँले घरमाथिबाट ठुलो पहिरो आएको तथा घरसम्म पुग्न नसक्ने गरी बाटोभरी पहिरो आएका कारण घटनास्थलसम्म जान सक्ने अवस्था नरहेकोले उहाँहरुका अवस्थामा कुनै जानकारी प्राप्त गर्न नसकेको बताउनुभयो । 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।