घटना

घर भत्किँदा थिचिएर युवतीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेटौँडा, असोज १२ गते । मकवानपुरको बागमती गाउँपालिका –३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर एक युवतीको ज्यान गएको छ । 

अविरल वर्षाको कारण आएको पहिरो घरमाथि खसेर भत्किएको घरले थिचेर स्थानीय फूलमाया थिङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बिज्ञापन

प्रहरीका अनुसार गए राति ११ बजे अविरल वर्षाको कारण घरमाथिबाट पहिरो खसी घर पुरिएको भन्ने शनिबार स्थानीयमार्फत प्रहरीलाई जानकारी भएको थियो । 

पहिरोले घर भत्किएपछि सोही घरले थिचिएर फूलमायाको मृत्यु भएको प्रहरीको भनाइ छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।