एकैदिन कैलालीबाट २१ जना जुवाडे पक्राउ

धनगढी । कैलालीबाट एकैदिन २१ जना जुवाडे पक्राउ परेका छन । जिल्लाको धनगढी र अत्तरिया क्षेत्रबाट २१ जुवाडे पक्राउ परेका हुन् । शनिबार धनगढी उप–महानगरपालिका ७ भानु चोक स्थित बिष्णु चौधरीको दुई तले घरको माथिल्लो तलामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले १२ जुवाडे पक्राउ गरेको बताए ।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका ७ का रामसिंह चौधरी, सुन्दर चौधरी, उमेश चौधरी, प्रकाश चौधरी, बश्सराम चौधरी र पुरन चौधरी रहेका छन् । यस्तै धनगढी ७ कै अमर चौधरी, बिनोश चौधरी, आशाराम चौधरी, लक्ष्मण चौधरी,सिवन चौधरी र लालबहादुर चौधरी रहेका छन् । उनीहरुको साथबाट नगद ३३ हजार ७५० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शनिबार नै प्रहरीले गोदावरी नगरपालिका १ अत्तरिया स्थित बिजयनगरबाट ९ जुवाडे पक्राउ गरेको थियो । स्थानीय केशव सिंह गुरुङको घरमा जुवातास भईरहेको विशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको बताए ।
पक्राउ पर्नेमा ६६ वर्षिय घर धनि गुरुङ सहित सोही वडाका ४२ वर्षिय निरज शाह, ४१ वर्षिय खगेन्द्र योगी, वडा नम्बर २ बस्ने ४० वर्षिय बुद्धी सापकोटा, ३७ वर्षिय नरेश रोकाया, ६३ वर्षिय मिन प्रसाद सिरिस र ४० वर्षिय मान बहादुर ऐरी तथा वडा नम्बर ४ का ५४ वर्षिय धिर्क बहादुर बम र ४० वर्षिय विजय चौधरी रहेको र उक्त जुवाखालबाट प्रहरीले ३१ हजार ३७० रुपैया नगद समेत फेला पारेको र सो विषयमा थप अनुसन्धान भैरहेको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
