अछामको मंगलसेन बजारमा सत्संगको आयोजना

असोज, १२ मंगलसेन (अछाम) । अछामको मंगलसेन बजारमा सत्संगको आयोजना गरिएको छ । उक्त सत्संग कार्यक्रममा देहरादूनबाट आउनु भएका ज्ञानप्रचारक भरत बहादुर ठाकुरले सत्संगलाई सम्बोधन गर्दै अवतार बाणीको सहारा लिदै भन्नुभयो कि समय गइसकेपछि हातमा आउँदैन, अन्तकालमा पछुताउनु बाहेक अरु कुनै उपाय लाग्दैन । त्यसैले समय निकै बलवान छ, समयले कसैलाई पर्खदैन, सधै अगागि बढी रहन्छ । सन्तहरु आउँछन् घर–घरमा गएर सत्यको सन्देशलाई दिएर जान्छन् । त्यसमा कसैले सुन्छ त कसैले सुन्दैन । तर जसले सुनेर गुरुको शरणमा आउँछ त्यसले ब्रम्हज्ञान प्राप्त गरेर आफ्नो मानव जीवनलाई सफल बनाउँछ । उसको जीवन सुन्दर भएर आत्माको कल्याण हुन जान्छ । चौरासी लाख योनिबाट छुटकारा पाएर मोक्षको प्राप्ति हुन जान्छ । नत्रभने जब यमराजका दूत समात्न आउलान त्यति बेला रुने छ, चिल्लाउने छ उसलाई कसैले बचाउन सक्ने छैनन् । यहाँसम्म कि उसको नाता–पाता, ईष्ट–मित्र आदि कसैले पनि बचाउन सक्ने छैनन् । उसको बुद्धि, बल, ताकत, उपाय आदि कुनै काममा आउने छैनन् । केवल त्यही एक नाम काममा आउने छ, त्यो हो यो निराकार परमात्मा । यसै परमात्माले हाम्रो रक्षा गर्ने छ । यसैले हामीलाई पारी तार्ने छ, अरु कसैले तार्न सक्ने छैन्, उहाँले उल्लेख गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो कि जीवनलाई पार लगाउनु छ भने यस निराकारमा लिप्त भएर खाँदै, पिउँदै, आफ्नो दिनचार्य गर्दै यसलाई भुलाउनु हुँदैन । सधै यसैको नाम लिएर जीवन यापन गर्दै जानु पर्छ । ब्रम्हज्ञानमा ठुलो शक्ति रहेको हुन्छ, यसको सहाराले हामी जतिसुकै ठुलो र असम्भव कार्यपनि सजिलैसंग गर्न सक्छौ, कुनै बाधा–अडचन आउदैन । त्यसैले आज सत्गुरुको कृपाबाट हामीले ब्रम्हज्ञानलाई पाएका छौ, यसलाई त्यसै नगुमाऔं, जतन गरेर राखौं, यसबाट अवश्य हाम्रो जीवनको कल्याण हुने छ, उहाँले बताउनु भयो ।


एक पटक सत्गुरु बाबा हरदेव सिंह जी महाराजले कुनै ठाउँमा सत्संग भइरहेको थियो, त्यहाँ उहाँले सेक्रेटरीलाई संकेत गरेर भन्नुभयो कि यो जतिपनि बाँसका टम्बुहरु छन्, जसमा पालहरु टागिएका छन् तिनीहरुलाई बेरेर एक ठाउँमा राख्न सेवादलका जवानहरुलाई भन्नुहोस भन्दा ती सेक्रेटरीले बाबा जीको कुरालाई सुनेर निकै अचम्मित परे किनभने त्यति बेला प्रचण्ड गर्मी थियो । न त त्यहाँ कुनै वर्षा भइरहेको थियो न त कुनै आँधीबेरी आइरहेको थियो । उनले त्यही कुरा त्यहाँका जोनल इंचार्जलाई बोलाएर भने तर उनले पनि बाबा जीको वचनको कुनै पालना गर्नु भएन । पछि केहि समयपछि अचानक कालो बादल मडारिन थाल्यो र ठुलो आँधीबेरी चल्न थाल्यो जसले गर्दा सबै सन्त–महापुरुषहरुमा हलचल शुरु भयो, त्यसको साथै मैदानमा गाडिएका सबै बाँसका टम्बु र पालहरुलाई हावाले उडाएर धेरै टाढा पुगायो । यो सबै बाबा जीको बचनलाई नमान्दाको परिणाम हो किनकि सत्गुरु अन्र्तयामी हुने गर्दछ, सत्गुरुलाई सबै कुरा थाह हुन्छ तर सन्तहरुले उहाँको बचनलाई ख्याल–ठट्टामा लिए, जसको परिणामा यो भयो । सत्गुरु निराकारको साकार रुप हो । हामीले जहिले पनि सत्गुरुको वचनको पालना गर्नु पर्दछ, त्यसलाई कहिलेपनि नकार्नु हुँदैन । यदि नकारछौ भने त्यसको परिणामा भोग्नु पर्ने हुन्छ ।

सत्गुरुको वचनमाथि विश्वास गरेर त्यसै अनुसार हामी हाम्रो पाईला अगाडि बढाउँछौ भने जीवनको कल्याण सम्भव छ । मानव जीवन माया रुपी संसारमा रुमल्लिएर यता–उता भौतारि रहेको हुन्छ तर जो गुरसिख हुन्छ त्यो सत्गुरुको वचनमाथि अडिग भएर सधै वचनको पालना गर्दै अगाडि बढ्छ । चाहे जीवनमा जस्तोसुकै विकराल घटना नै किन नघटोस, त्यसबाट ऊ विचलित हुँदैन । जस्तोसुकै परिस्थिति आएपनि मनलाई अस्थिर नगराएर सधैं प्रभुमा मनलाई स्थिर गरेर राख्ने गर्दछ । कसैको निन्दा–नफरतबाट नै मन अस्थिर हुन जान्छ अनि हामी यताउता भौतारिन जान्छौ । हामीले पाएको ज्ञान पनि भ्रष्ट हुन जान्छ । त्यसैले मनमा कुनै प्रकारको वैर–भाव, निन्दा, अहंकार, अभिमान, लोभ आदि जस्ता विकार वस्तुलाई तिलांञ्जलि दिएर सधैं सतमार्गमा रहेर ब्रम्हज्ञानको गोरेटोमा जीवनलाई डो¥याउनु पर्दछ भनेर उहाँले बताउनुभयो ।
सत्संग कार्यक्रममा दिपा, कपुर सिंह, शान्ता, प्रकाश, मनिष, नवराज, धनि, गंगा मन्सरा, मिन प्रसाद, सुरत, मोहन, रम्भा, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, देहरादूनबाट आउनु भएकी गीतकार तथा गायक शोभा ठाकुर र कौशिला रिमालले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.