आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपालको साधारण सभा सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ्ग, ४ असोज । सन्त निरंकारी मण्डल नेपालको साधारण सभा सम्पन्न भएको छ । दाङ्गको तुलसीपुर उपमहानगर पालिकामा रहेको निरंकारी सत्संग भवनमा आयोजित उक्त सभामा सन्त निरंकारी मण्डल नेपालका ३९ जिल्लाहरुबाट केन्द्रिय पदाधिकारी लगाएत ज्ञानप्रचारक, मुखी, क्षेत्रिय सेवादल संचालक, संचालक, संचालिका, विभिन्न संघ–संस्थाका पदाधिकारी, नेतागण, समाज सेवी तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मण्डलको ३५औं साधारण सभालार्ई सम्बोधन गर्दै भन्नुभयो कि सन् १९२९ मा पाकिस्तानको पेशावरबाट शुरुभई नेपालमा बि.सं. २०२० देखि अछामबाट यसको आरम्भ भएको बताउँदै पछि कैलालीबाट ब्रम्हलिन महात्माहरुले यस अभियानलाई अगाडि बढाउनु भयो । त्यस बेलाको अवस्था हामी सबैलाई थाह छ कि त्यति बेला निरंकारी मिशनको प्रचार–प्रसार कार्य गर्न पाईदैन थियो । महात्माहरुले लुकेर आफ्नो प्राणाको कुनै प्रवाह नगरेर यसलाई फैलाउनु भयो । मेयरबाट पनि हामी सुन्यौ नन्द लाल दाङ्गगीको बारेमा । त्यति बेला नेपालको जुनसुकै ठाउँमा मिशनको बारेमा केहि कुरा भन्न पाईदैन्थ्यो । आध्यात्मिक सत्संग गर्न समेत प्रतिबन्ध थियो, उहाँले बताउनु भयो ।

बिज्ञापन

सन्त निरंकारी मिशन शंका, उपशंकाको घेरामा थियो । त्यतिबेला मिशनमा अधिकांश सन्तहरु सिख समुदायबाट प्रतिनिधित्व गर्थे । उनीहरुलाई पनि मिशनलाई अगाडि बढाउन निकै दुःख–कष्ट झेल्नु परयो । जेल–नेल जानुका साथै प्राणको याहुती पनि दिनु परयो । त्यस्तै प्रकारको अवस्था नेपालमा पनि थियो । भर्खरै राणा शासनको अन्त्य गरेर नेपालमा पंचायती व्यवस्था आएको थियो । यहाँ कुनैपनि बाहिरी धार्मीक कुराहरु गर्न पाईदैन्थ्यो । पछि मिशनको क्रियाकलापको बारेमा तत्कालीन बडा हाकिमलाई थाह भयो कि तिनीहरुले विदेशी धर्मको प्रचार गरिरहेका छन्, उनले मिशनका केहि व्यक्तिहरुलाई डोटीमा थुन्नु भएको थियो । उनको कानमा मिशनको बारेमा नराम्रा खबरहरु पु¥याइएको थियो, जसले गर्दा उनी निकै ससंकीत भएका थिए । पछि खप्तड स्वामीलाई डोटीमा बोलाएर भन्नुभयो कि यिनीहरु निराकारलाई मान्छु भन्छन्, निरंकारी हुँ भन्छन्, यिनीको बारेमा उजुरी परेको छ । यसको बारेमा प्रष्ट पारिदिनु परयो भनेर उनले खप्तड स्वामीलाई आग्रह गर्नुभयो । खप्तड स्वामीले पनि मिशनका महात्माहरुलाई सोध्नुभयो कि तपाईहरु कसलाई मान्नु हुन्छ तब महात्माहरुले भनेकि हामी त निराकार–परमात्मालाई मान्दछौ । त्यो सुनेर खप्तड स्वामीले भन्नुभयो कि यिनीहरु त सनातनी रहेछन् । यिनीहरु निरंकारलाई जान्ने भएकाले सनातनी हुन । यिनीहरुको कुनै दोष छैन । पछि महात्माहरुलाई सकुशल रिहाई गरियो । आज सत्गुरुको कृपाबाटा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मिशन फैलिएको छ, उहाँले प्रष्ट पार्नुभयो ।

समयको सत्गुरु वरदानी हुनुहुन्छ । युगौ–युगमा अनेकौ अवतारी आए तिनीहरुले दिएको सन्देशलाई नै वर्तमान सत्गुरुले अक्षरसः पालन गर्नको लागि निर्देशन दिइरहनु भएको छ । भनिएको पनि छ ‘आध्यात्मिक शिक्षा नै भौतिक शिक्षाको पूरक हो ।’ जबसम्म हामीलाई आध्यात्मिक शिक्षा हासिल हुँदैन तबसम्म हामी भौतिक शिक्षालाई पूरा गर्न सक्दैनौ । परमात्मा परिपूर्ण छ, यसभन्दा अगाडि हामी नौ प्रकृतिको पूजा गरिरहेका थियौं । पछि सत्गुरुबाट ब्रम्हज्ञान प्राप्त भयो तब हामीलाई थाह भयो कि यी सबै परमात्माले नै बनाएका रहेछन्, अज्ञानतामा हामी यिनीहरुको पूजा गरिरहेका थियौ, यस कुराको हामीलाई थाह भयो, उहाँले बताउनु भयो ।

पानसमा बत्ति बालेर नेपालको राष्ट्रिय गानबाट आरम्भएको सभामा सुमिरण गर्दै स्वागत मन्तव्य मण्डलका उपाध्यक्ष कृष्ण पन्थले गर्नुभएको थियो भने आर्थिक वर्ष २०७९÷२०८० मा सन्त निरंकारी मण्डल नेपालले गरेका आध्यात्मिक तथा सामाजिक कार्यक्रम सहितको वार्षिक प्रतिवेदन केन्द्रिय सचिव अनिल महर्जनले साधारण सभामा पेश गर्नुभएको थियो । त्यसैगरी २०७९÷०८० आयव्यय सहित २०८१÷०८२ को अनुमानित आय विवरण केन्द्रिय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका सह–सचिव नर बहादुर बि.क. ले गुर्नभएको थियो । कार्यक्रमको अर्को दिन अर्थात असोज ५ गते तुलसीपुर सत्संग भवनमा वृहत सत्संगको आयोजना गरिएको थियो ।

आएका सन्त–भक्तहरुलाई खाने–बस्ने व्यवस्था दाङ्ग, रोल्पा तथा सल्यानका सन्तहरुले आफ्नो तर्फबाट गरेका थिए भने जसको विशेष व्यवस्था दाङ्ग शाखाले निभाएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।